site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
फुपुको बदला लिन भागरथीको हत्या ! आरोपीको बयान– बलात्कार गरेको होइन
Ghorahi CementGhorahi Cement

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा एकजना पक्राउ परेका छन् । प्रकाउ पर्नेमा १७ वर्षीय दिनेश भट्ट छन् । उनले हत्या आफैँले गरेको स्वीकार गरिसकेको प्रहरीले बताएको छ ।

साबिति बयानका क्रममा दिनेशले आफूले फुपुको बदला लिन भागरथीको हत्या गरेको बताएका छन् । दिनेशको बयान उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो–,“भागरथीका बुबाले मेरी फुपीमाथि नराम्रो गरेका थिए । त्यसैको बदला लिन सडकबाट धकेलेर पछि घाँटी थिचेर मारेको हुँ । तर बलात्कार गरेको होइन ।”

हत्यापछि आफैँले भागरथीको मोबाइलको ब्याट्री झिकेर फालेकोसमेत उनले बताएका छन् ।

Agni Group

सुरुमा आफूले भागरथीको किताब फालेको र त्यसपछि उनलाई नै धक्का दिएको उनले बताएको प्रहरी स्रोतले बतायो ।

स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत भागरथी अघिल्लो २१ गते साँझसम्म विद्यालयबाट घर फर्केकी थिइनन् । 

Global Ime bank

उनी २२ गते बिहान कच्ची सडकको ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् ।

मेडिकल रिपोर्टमा भने भागरथीको बलात्कारपछि हत्या भएको खुलेको प्रहरीले यसअघि बताउँदै आएको छ ।

पक्राउ परेका दिनेश भागरथीका आफन्त हुन् । घटना २१ गते दिउँसो २ः४० देखि २ बजेर ४७ मिनेटको दुरीमा भएको बताइएको छ ।

अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो, प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय बैतडीको विशेष टोली खटिएको थियो । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  ०७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC