site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भागरथी हत्यामा संलग्न आरोपमा कक्षा ११ मा पढ्ने आफन्त पक्राउ, यसरी भएको थियो हत्या 
Ghorahi CementGhorahi Cement

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा एकजना पक्राउ परेका छ्न् । 

प्रकाउ पर्नेमा १७ वर्षीय एक युवक छन् । स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी अघिल्लो २१ गते साँझसम्म विद्यालयबाट घर फर्केकी थिइनन् । उनी २२ गते बिहान कच्ची सडकको ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् । 

उनको बलात्कारपछि हत्या भएको खुलेको थियो । 

Agni Group

प्रकाउ परेका युवक सोही विद्यालयमा ११ कक्षामा अध्ययनरत थिए । उनी भट्ट थरकै भएको बताइएको छ । 

प्रहरी स्रोतका अनुसार उनी भागरथीका आफन्त रहेको खुलेको छ । उनले हत्या स्वीकार गरिसकेको प्रहरी स्रोत बताउँछ ।

Global Ime bank

घटना २१ गते दिउँसो २:४० देखि २ बजेर ४७ मिनेट्को दुरीमा भएको बताइएको छ । 

अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय बैतडीको विशेष टोली खटिएको छ । 

पोस्टमार्टम रिपोर्टबाट भागरथीको बलात्कारपछि हत्या भएको खुलेको हो । उनको घाँटी थिचेर हत्या गरिएको रिपोर्टमा उल्लेख छ । 

प्रहरीले भागरथीले प्रयोग गर्दै आएको मोबाइललगायत अन्य केही सामग्रीको फरेन्सिक ल्याबबाट अनुसन्धान गरेको थियो । 

प्रहरीले पछिल्ला दिनहरुमा भागरथीका साथीलगायतका अन्य शंकास्पदहरुसँग सोधपुछ गर्दै आएको थियो । 

घटनास्थलमा भागरथीको मोबाइल भेटिनुलाई प्रहरीले अनुसन्धानमा सघाउ पुग्ने सकारात्मक संकेत मानेको थियो । 

प्रहरीले कल डिटेल, भागरथीको फेसबुकलगायतको पनि अनुसन्धान अघि बढाएको बताएको थियो । 

प्रहरीले शंकास्पदहरुको ‘क्लोज रिङ’ बनाएर अनुसन्धान अघि बढाएको बताउँदै आएको थियो । विभिन्न तथ्य र सूचनाका आधारमा शंकास्पदहरुको ‘क्लोज रिङ’ बनाएको हो । घटनामा नजिककै व्यक्तिको संलग्नता हुनसक्ने प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको थियो ।

प्रहरीका अनुसार उनले भागरथीलाई धकेलेर लगेका थिए ।

उनले बयानका क्रममा धेरैदिनदेखि आफुले भागरथीविरुद्द योजना बनाएको बताएका छ्न । उनीहरुबीचमा केही पारिवारिक विवादसमेत भएको हुनसक्ने सम्भावना देखिएको प्रहरी बताउँछ । सुदुरपश्चिम प्रदेश प्रहरीका डीआईजी उत्तमराज सुवेदीले एकजना  प्रकाउ  परेको पुष्टि गर्दै उनलाई आज सार्वजनिक गर्ने बताए ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  ०५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC