बाह्रखरी
भर्खरै
sticky  ncell
British college
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
डब्लुएचओद्वारा अस्ट्राजेनिका खोपलाई मान्यता प्रदान
NMB Bank
NMB Bank
बाह्रखरी - मंगलबार, फागुन ४, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपत्कालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ ।

कोभिड–१९ को महामारीसँग संघर्षरत् कमजोर एवं गरिब राष्ट्रलाई खोप प्रदान गर्न यस स्वीकृतिले सहज बनाउने डब्लुएचओले विश्वास लिएको छ । अस्ट्राजेनिकाको खोपलाई कोभाक्स कार्यक्रममार्फत विश्वभर वितरण गर्न डब्लुएचओको अनुमतिले सहज बनाएको छ । डब्लुएचओले यसअघि फाइजरले विकास गरेको खोपलाई मान्यता दिइसकेको छ ।

Global bank

Agani Group

डब्लुएचओले जारी गरेको विज्ञप्तिमा कोभाक्समार्फत विश्वभर नै खोप वितरण गर्न यस निर्णयले सघाउ पुग्ने उल्लेख छ । अस्ट्राजेनिकाको खोप हाल भारतको सेरम इन्स्टिच्युट र दक्षिण कोरियाको एसकेबायोले उत्पादन गरिरहेका छन् ।

भारत र दक्षिण कोरियाबाट अस्ट्राजेनिकाका करिब ३३ करोड ७२ लाख डोज खोप उत्पादन भइसकेको छ । यो खोप कोभाक्समा आबद्ध करिब १४५ मुलुक सहभागी छन् । यस खोपबाट सन् २०२१ को मध्यसम्ममा विश्वको कुल जनसंख्याको करिब ३.३ प्रतिशतलाई खोप लगाउन पर्याप्त हुनेछ ।

sarbottam cement

कोभाक्सका लागि सेरम इन्स्टिच्युटबाट अस्ट्राजेनिकाको २४ करोड, दक्षिण कोरियाबाट अस्ट्राजेनिकाको नौ करोड ६० लाख तथा फाइजरबाट १२ लाख डोज उत्पादन हुँदैछ । यी खोपहरु दुई डोज लगाउनुपर्दछ ।

६५ वर्षभन्दा माथिका व्यक्तिलाई पनि अस्ट्राजेनिकाको खोप लगाउन मिल्ने डब्लुएचओले जनाएको छ । डब्लुएचओको विज्ञ सल्लाहकार समूहको बैठकले अस्ट्राजेनिकाको खोप ६५ वर्षभन्दा माथिका व्यक्तिलाई पनि दिन सिफारिस गरेको छ । यसअघि, पर्याप्त तथ्यांकको अभावमा खोपको प्रभावकारिता आँकलन गर्न कठिन भएको पनि डब्लुएचओले स्वीकार गरेको छ । रासस/एएफपी

Nepal Investment bank
Nepal Investment bank
मंगलबार, फागुन ४, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्