site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिता चैत पहिलो साता हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिता चैत पहिलो साता हुने भएको छ ।

स्पिन इभेन्ट्स प्रालिले मंगलबार पत्रकार सम्मेलन गरेर चैत २ देखि ७ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने बताएको हो । अखिल नेपाल टेबलटेनिस संघको प्राविधिक सहयोग साथै वार्षिक कार्यक्रमअन्तर्गत रहेको प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगितामा देशभरका वडाबाट कम्तिमा हजार खेलाडीको सहभागिता रहने आयोजकले बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगितामा मेन्स युगल, वुमेन्स युगल टिम, वुमेन्स युगल, मेन्स एकल, वुमेन्स एकल, मेन्स भेट्रान एकल  (४० वर्षमाथि) र मेन्स भेट्रान्स एकल (५५ वर्षमाथि) को स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा वर्तमान शीर्ष १६ वरीयता प्राप्त टेबलटेनिस खेलाडी बाहेकका अन्य खेलाडीहरूले भाग लिन सक्नेछन् । प्रतियोगिताको मेन्स र वुमेन्स एकलतर्फ प्रथम, द्वितीय र तृतीय (दुवै सेमी-फाइनलिस्ट) हरूले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय रुपैयाँ नगद पुरस्कार पाउनेछन् । भेट्रान्स एकलतर्फ प्रथम, द्वितीय र तृतीय (दुवै सेमी-फाइनलिस्ट) हरूलाई क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय प्रदान गरिने आयोजकले जानकारी दियो ।

Global Ime bank

त्यस्तै प्रतियोगितामा सर्वाधिक पदक जितेर टिम च्याम्पियन बन्ने वडालाई ५० हजार प्रदान गरिनेछ । भ्याली कन्स्ट्रक्सन प्रालिको मुख्य प्रायोजन रहने प्रतियोगिताको अनमानित लागत १९ लाख ५० हजार छ ।

मंगलबारै स्पिन इभेन्ट्सका अध्यक्ष सुमन शाक्य र भ्याली कन्स्ट्रक्सनका एमडी रवीन्द्र महर्जनले प्रायोजक सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार भ्याली कन्स्ट्रक्सनले आयोजकले ९ लाख ७५ हजार उपलब्ध गराउनेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC