बाह्रखरी
भर्खरै
sticky  ncell
British college
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
दक्षिण अफ्रिकाले सेरम इन्स्टिच्युटलाई १० लाख खोप फिर्ता लैजान भन्यो
NMB Bank
NMB Bank
बाह्रखरी - मंगलबार, फागुन ४, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank

रोयटर्स । दक्षिण अफ्रिकाले भारतको सेरम इन्स्टिच्युटलाई कोभिडको १० लाख डोज खोप फिर्ता लैजान भनेको छ । कम्पनीले दक्षिण अफ्रिकालाई फेब्रुअरीको सुरुवातमा सो खोपहरू पठाएको थियो ।

एक साताअघि मात्र यसले देशव्यापी खोप कार्यक्रममा अक्सफोर्ड-एस्ट्राजेनेका खोपको प्रयोग स्थगित गर्ने बताएको थियो । र सेरम इन्स्टिच्युटले एस्ट्राजेनेकाकै खोप उत्पादन गरिरहेको छ अनि विश्वको प्रमुख आपूर्तिकर्तामा पर्छ । गत साता मात्र यसका दश लाख डोज अफ्रिका पुगेको थियो भने बाँकी पाँच लाख अबका केही सातामा आइपुग्ने तय भएको थियो । 

Global bank

Agani Group

यससम्बन्धी सञ्चार एजेन्सी रोयटर्सले प्रश्न गर्दा कम्पनीले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । दक्षिण अफ्रिकाका स्वास्थ्य मन्त्रालयले यसअघि सरकारले एस्ट्राजेनेकाका सबै खोप कि बिक्री गर्ने या साट्ने निर्णय गरेको बताएको थियो । एउटा क्लिनिकल ट्रायलमा यो खोपले अफ्रिकामा हावी नयाँ प्रकारको भाइरसविरुद्ध एकदम कम सुरक्षा मात्र दिन सक्ने पत्ता लागेपछि यसको प्रयोग नगर्ने निर्णय भएको थियो ।

खोप कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको दक्षिण अफ्रिकाले अहिले स्वास्थ्यकर्मीहरूलाई पहिले खोप लगाउने र यसमा जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको सुई प्रयोग गर्ने बताएको छ ।

sarbottam cement

उता विश्व स्वास्थ्य संगठनले चाहिँ सोमबार मात्र एस्ट्राजेनेका-अक्सफोर्डको खोपलाई आपत्‌कालीन प्रयोगका लागि मान्यता दिएको हो ।

Nepal Investment bank
Nepal Investment bank
मंगलबार, फागुन ४, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्