site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
महिला कानुन व्यवसायीद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र
Sarbottam CementSarbottam Cement

काठमाडौं । महिला कानुन व्यवसायीहरुले भागरथी भट्ट घटनाको प्रभावकारी अनुसन्धान गरी अपराधीलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल बार एसोसिएसन महिला समितिका पदाधिकारीहरुले मंगलबार गृहमन्त्री थापालाई भेट गरी बैतडीको दोगडाकेदार ३ मा भागरथीलाई बलात्कार गरी हत्या गर्ने हत्यारामाथि अनुसन्धान गरी कानुनी दायरामा ल्याई पीडित र उनका परिवारलाई न्याय दिलाउन माग गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

एसोसिएसनका उपाध्यक्ष एवं नेपाल बार एसोसिएसन महिला समिति अध्यक्ष अधिवक्ता रक्षा बस्यालले भागरथीको  घटनालगायत देशव्यापी रुपमा भएका बलात्कारका घटनाहरुको सूक्ष्म अध्ययन गरी अपराधीलाई कारबाही गर्न माग गरिएको बताइन् । भेटमा गृहमन्त्री थापाले भागरथी घटनाको अनुसन्धान अपराधीनजिक पुगेको र अपराधीहरु छिटै पक्राउ पर्ने विश्वास दिलाउन कोसिस गरेको बस्यालले बताइन् ।

महिला कानुन व्यवसायीहरुले निर्मला पन्तको घटनामा जस्तो कमजोर अनुसन्धान नगर्नसमेत गृहमन्त्री थापासमक्ष माग गरेका छन् । बालबालिका तथा महिलाहरुमाथि भइरहेको शृंखलाबद्ध बलात्कारको घटना, बलात्कारपछिको हत्या र बलात्कारीलाई कानुनी कारबाहीमा ल्याउनुको साटो बलात्कारी र हत्यारा पत्ता लगाउनै नसक्नुले राज्यसंयन्त्र नागरिकको जीवनरक्षाको दायित्वप्रति लापरबाही भएको पुष्टि भएकोसमेत महिला कानुन व्यवसायीहरुले बताएका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  १३:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC