बाह्रखरी
sticky  ncell
British college
British college
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
बार्सिलोनालाई पीएसजीको चुनौती, नेयमार नखेल्ने  
NMB Bank
NMB Bank
बाह्रखरी - मंगलबार, फागुन ४, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank

काठमाडौं । च्याम्पियन्स लिग फुटबलअन्तर्गत पहिलो लेगमा आज (मंगलबार) राति स्पेनिस क्लब बार्सिलोनाले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग खेल्दैछ ।

बार्सिलोनाको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयानुसार राति १ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै दुवै टोली आफ्नो अग्रता बढाउने योजनामा छन् । घरेलु मैदानमा हुने खेल भएकाले बार्सिलेनालाई आजको खेलमा सहज जितको अपेक्षा हुनेछ ।

Global bank

Agani Group

लियोनल मेसीको कप्तानीमा उत्रने बार्सिलोना यो सिजन खास्सै राम्रो अवस्थामा छैन । ला लिगको पछिल्लो खेलमा फराकिलो जित निकालेको बार्सिलोना आजको खेलमा पनि सहज जित निकाल्ने योजनामा छ ।

पीएसजी पनि बार्सिलोनाविरुद्ध पहिलो लेगमा फराकिलो अन्तर बनाउने योजनामा छ । पीएसजी सन् २०१६–१७ को च्याम्पियन्स लिगको अन्तिम १६ मा व्यहोरेको फराकिलो हारको बदला लिने योजनामा छ । त्यतिबेला पहिलो लेगमा ४–० को जित निकालेको पीएसजीले दोस्रो लेगमा ६–१ को हार व्यहोरेको थियो । पीएसजी आजको खेलमा नेयमारविना नै मैदानमा उत्रने छ ।

sarbottam cement

आजको खेलमा केलियन एम्बाप्पेले पीएसजीको लाइन सम्हाल्नेछन् । बार्सिलोनामा लागि एन्टोनी ग्रिजम्यान, पेड्रीलगायतका खेलाडी हुनेछन् ।

Nepal Investment bank
Nepal Investment bank
मंगलबार, फागुन ४, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्