site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डिजेल चोरी तस्करी गर्ने ट्यांकरसहित तीनजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

वाग्मती । डिजेल चोरी गरी अवैध रूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्यांकरसहित तीनजनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी कारबाही प्रक्रिया सुरु गरेको जनाएको छ ।

ना७ख १५११ नम्बरको ट्यांकरमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको नामबाट भारततर्फ एक हजार ६० लिटर डिजेल लैजाँदै गरेको अवस्थामा गए राति प्रहरीले जाँच गर्दा पक्राउ गरिएको बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार उक्त  ट्यांकरसहित पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२२ का ३४ वर्षीय शम्भुप्रसाद महतो, मकवानपुरको राक्सिराङ गाउँपालिका–३ का २२ वर्षीय अशोक पाख्रिन र मकवानपुरको मनहरि गाउँपालिका–३ का ३३ वर्षीय रामकृष्ण उप्रेती छन् ।

पक्राउ परेकामध्ये सोही ट्यांकरका उप्रेती चालक हुन् भने पाख्रिन सहचालक तथा महतो श्वेता आयल ट्रेडर्सका मुन्सी रहेको नायब उपरीक्षक कुँवरले जानकारी दिए । वीरगन्जको नेपाल–भारत सीमामा रहेको संयुक्त प्रहरी जाँचचौकी इलाकाबाट ट्यांकरसहित उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कारबाही प्रक्रिया सुरु भएको उनले बताए । नेपालभन्दा भारतमा डिजेल सस्तो छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  ११:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC