site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
राखेपद्वारा दुई पूर्वाधार निर्माणका लागि सम्झौता
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले थप दुईवटा पूर्वाधार निर्माण गर्ने सम्बन्धमा स्थानीय उपभोक्ता समितिसँग सम्झौता गरेको छ ।

गण्डकी प्रदेशस्तरीय खेलकुद अभिमुखीकरण कार्यक्रमका दौरान राखेप सदस्यसचिव रमेशकुमार सिलवाल र लामाचौर खेलमैदान उपभोक्ता समितिका सचिव बुद्धिबहादुर खत्रीबीच सम्झौता भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

पोखराको लामाचौरमा निर्माणधीन कर्भहलको भीआईपी प्यारापिटको वाल निमार्णका लागि राखेपले १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । ३० मिटर लम्बाइ र १२ मिटर चौडाइ भएको प्यारापिटको दर्शक क्षमता एक हजार रहेको छ । निर्माण सम्पन्न भएको नेचुरल प्यारापिटतर्फ भने कभर्डहलमा पाँच हजार दर्शक अट्ने क्षमता रहेको छ ।

त्यसैगरी, स्याङ्जाको वालिङ खेलमैदानको प्याराफिट र प्याराफिटमुनि रहेको खेलाडी चेन्जिङ रुम निर्माणका लागि राखेपले १० लाख उपलब्ध गराउने भएको छ । सोमबार सदस्यसचिव सिलवाल र वालिङ खेलमैदान उपभोक्ता समितिका अध्यक्ष केशरबहादुर थापाबीच सम्झौता भएको हो । आइतबार राखेपले गण्डकी प्रदेशका नौ पूर्वाधार निर्माणका लागि सम्झौता गरेको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  १०:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC