खेल
काठमाडौं । उपाधि दावेदार क्लब चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा चेल्सीले न्युकासल युनाइटेडलाई २–० ले पराजित गरेको हो ।
घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन ओलिभर जिरुउडले खेलको ३१औँ मिनेटमा गोल गर्दै क्लबलाई अग्रता दिलाएका थिए । टिमो वेर्नेरले ३९औँ मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए ।
जितसँगै चेल्सी लिगको चौथो स्थानमा उक्लिएको छ । लिगमा २४ खेल खेलेको चेल्सीले ४२ अंक जोडेको छ । न्युकासल २५ अंक जोडेर १७औँ स्थानमा छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७ १०:२०
प्रतिक्रिया दिनुहोस्