site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एनआरएनएको विश्वव्यापी ‘टेली-हेल्थ’ सेवा सुरु
Sarbottam CementSarbottam Cement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समिति तथा वैदेशिक रोजगार तथा कल्याण विभागको संयुक्त प्रयासमा विश्वव्यापी विस्तृत टेली-हेल्थ सेवा सुरु भएको छ ।

गत शुक्रबारदेखि सुरु भएको यो सेवाबाट विश्वका कुनै पनि ठाउँमा बसोबास गर्ने नेपाली मूलका कुनै पनि व्यक्तिले लाभ लिन सक्नेछन् । यस कार्यक्रममा सबै क्षेत्र र विधाका स्वास्थ्य विशेषज्ञ र चिकित्सकहरु सहभागी छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मिर्गौला, कलेजो, मुटु, आँखा, नाक, कान, घाँटी तथा मुखसम्बन्धी स्वास्थ्य विज्ञदेखि डाइटिसियन र फिजियोथेरापिस्ट, दन्त चिकित्सकलगायत अन्य थुप्रै स्वास्थ्य विज्ञहरुले जिज्ञासा वा समस्याको सम्बोधन गर्ने संघले विज्ञप्तिमार्फत जनाएको छ । 

टेली-हेल्थ कार्यक्रमबाट कसरी सेवा लिने ?
तपाईंले आफ्नो मोबाइलमा रहेको भाइबर, ह्‌वाट्सएपमार्फत टेली-हेल्थ कार्यक्रममा सहभागी हुन वा यसमार्फत स्वास्थ्य विज्ञहरु सँग प्रत्यक्ष सम्पर्क गर्न सकिने संघले जनाएको छ । त्यसका लागि नेपालबाहिर भए ९७४-५५५-६५३२० वा ९७७ ९८०-२३१-४७३९ र नेपालभित्र भए मोबाइल नम्बर ९८०२३१४७३९ मार्फत सम्पर्क गर्न सकिनेछ । साथै telehealth@nrna.org मा इमेलमार्फत आफ्ना स्वास्थ्य जिज्ञासा लेखेर पठाउन सकिनेछ ।

Global Ime bank

टेली-हेल्थ कार्यक्रमबाट सेवा प्राप्त गर्न शुल्क लाग्छ ?
यस कार्यक्रमार्फत सेवा लिए बापत कुनै पनि शुल्क लाग्दैन ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  ०९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC