चितवन । लक्की मिडिया हाउस चितवनको पांँचौ वार्षिकोत्सवको अवसरमा सोमबार बाह्रखरीकर्मी सूर्यप्रसाद अधिकारी सम्मानित भएका छन । अधिकारीलाई स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममार्फत समाज रुपान्तरण र विकासमा कलम चलाएको भन्दै सम्मान गरिएको हो ।
यस्तै दुई दशकदेखि चितवनमा रहेर रेडियो पत्रकारितामार्फत भूमिका खेल्ने दिनेश श्रेष्ठ पासालाई पनि सम्मान गरिएको छ ।
भरतपुरमा आयोजित कार्यक्रममा पत्रकारद्वय अधिकारी र श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वस्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापा, विशिष्ट अतिथि वरिष्ठ कलाकार नीर शाह र लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की लक्कीले सम्मानपत्र सहित दोसल्ला ओडाएर सम्मान गरेका थिए ।