बाह्रखरी
sticky  ncell
British college
British college
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
रवि र पवनको ‘मेरा भारत महान’ले तोड्यो भोजपुरी चलचित्रको रेकर्ड 
NMB Bank
NMB Bank
बाह्रखरी - मंगलबार, फागुन ४, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank

जैनपुर । भोजपुरी सुपरस्टार रवि किशन र अभिनेता पवन सिंह अभिनित ‘मेरा भारत महान’ ले भोजपुरी चलचित्रको रेकर्ड तोड्न सफल भएको छ । 

रिलिज अगावै स्याटलाइट राइट एक करोड ५१ लाखमा बिक्री भएपछि यस चलचित्रले भोजपुरी चलचित्रको स्याटलाइट राइटमा अहिलेसम्मकै उच्च रकममा बिक्री गर्दै रेकर्ड तोडेको हो ।

Global bank

Agani Group

विपुल रायको निर्माणमा बनेको यस चलचित्रको अडियो भिडियो स्याटलाइट वर्ल्ड वाइड रिकर्डसका रत्नाकर कुमारले किनेका हुन् । 
यसको जानकारी चलचित्रका निर्देशक देवेन्द्र तिवारीले दिएका हुन् । स्याटलाइट राईटको बिक्रीपछि निर्माण टिमले चलचित्रका कलाकार लगायत टिमको उपस्थितिमा सानो भोज पनि आयोजना गरेका थिए ।

अभिनेता रवि किशनले यो भोजपुरी चलचित्र उद्योगका लागि एउटा ऐतिहासिक पल भएको उल्लेख गरेका छन् । कोरोना महामारीले हरेक क्षेत्र ठप्प रहेको बेला रत्नाकर कुमारले भोजपुरी उद्योगका लागि र निर्माताका लागि उठाएको यो कदमप्रति धन्यवाद पनि व्यक्त गरेका छन् ।  यस चलचित्रको हाल जैनपुरमा छायांकन भैरहेको छ । 

sarbottam cement

नवभारत टाइम्स

Nepal Investment bank
Nepal Investment bank
मंगलबार, फागुन ४, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्