site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नक्कली डाक्टर बनी सिफारिस गरेको आरोपमा पक्राउ
प्रतीकात्मक तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । नक्कली डाक्टर बनी सिफारिस गरेको आरोपका एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ३, कान्ति संगममार्ग बस्ने अर्घाखाँची मालारानी गाउँपालिका ८, घर भएका ३६ वर्षीय जितेन्द्र पन्थी छन् ।

नेपाल मेडिकल काउन्सिलबाट लिनुपर्ने स्थायी दर्ता प्रमाणपत्रको लागि निवेदन दिने क्रममा नियमअनुसार आवेदन फाराम भरेपछि फारामको अन्त्यमा काउन्सिलमा स्थायी दर्ता भएका चिकित्सकले दस्तखत गरी प्रमाणित गरी दिनुपर्ने प्रक्रिया रहेकामा अर्को चिकित्सकको नाम देखिएपछि प्रहरीले अनुसन्धानअघि बढाएको थियो ।

Agni Group

गत असोज ६ गते डा. कृष्ण रिजालको निवेदन फारममा जितेन्द्रले डा. जितेन्द्र शर्मा, एनएमसी रजिस्ट्रेसन नम्बर २३६४ लेखी सहीछाप गरेकामा किर्ते गरेको शंका लागेर अनुसन्धान गर्ने क्रममा उनले नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स प्राप्त नगरी सहीछाप गरेको खुल्न आएपछि उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीविरुद्ध सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  २१:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC