site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कम्युनिष्ट शासन अन्त्य चाहन्छ कांग्रेस : महत
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेस कम्युनिष्ट शासन अन्त्यको हतारोमा रहेको बताएका छन् । प्रतिनिधिसभा विघटन विरुद्धभन्दै गरेको कार्यक्रममा सिरहाको सभालाई संबोधन गरेका महतले कांग्रेस पुनस्थापना र निर्वाचन दुबैका लागि तयार रहेको बताए ।

“म संविधान मस्यौदा समितिको सदस्य थिए –संविधानसभामा । स्थिरताका लागि दुई वर्षसम्म अविश्वास प्रस्ताव लैजान नपाउने, ५ वर्ष प्रतिनिधिसभाको कार्याकाल हुने व्यवस्था गरेकै हो । तर, ओली सरकारले प्रतिनिधिसभा विघटन गरिदिएको छ,” महतले भने ।  उनले आफूहरुले संविधानमै लेखेर संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई दिएको भन्दै सर्वोच्चले गर्ने जुनसुकै फैसला मान्नुपर्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“अहिले प्रतिनिधिसभा विघटनको विषय सर्वाेच्च अदालतमा छ । हामीले नै संविधानमा लेखेर संविधान व्याख्याको अधिकार अदालतलाई नै दिएका हौं,” महतले भने, “सर्वोच्चले ओलीको कदम बदर गरिदियो भने संसदमा जानुपर्छ, कम्युनिष्टको कुशासन अझै केही समय झेल्नुपर्छ । यदि सर्वोच्चले प्रतिनिधिसभा विघटन सदर गरिदियो भने हामी निर्वाचनका लागि तयार भएर बस्नुपर्र्छ ।”

उनले निर्वाचनबाट कम्युनिष्ट सरकार र कम्युष्टि शासन दुबैको अन्त्य गर्न कांग्रेस आतुर रहेको बताए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  २१:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC