site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
संसद विघटनविरुद्धको सभामा चुनाव गराउन देउवाको माग 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन विरुद्धको सभाबाटै निर्वाचन आयोगसँग निर्वाचन तालिका मागेका छन् । प्रतिनिधिसभा विघटन विरुद्ध ७७ जिल्लामा विरोध कार्यक्रम अन्तर्गत बुटवलको सभाबाट देउवाले आयोगको गतिविधिले शंका पैदा गरेको बताए । 

“निर्वाचन आयोग अहिलेसम्म निर्वाचन कार्यक्रम किन बाहिर निकाल्दैन ? कि कार्यक्रम ल्याउनुपर्यो हैन भने चुनाव गराउँदिन भन्नुपर्यो,” देउवाले भने, “संसदको विघटन भएको छ महिनाभित्र चुनाव गरिसक्नुपर्छ ।” देउवाले जेठभित्र जसरी पनि आयोगले चुनाव गराउनुपर्ने संवैधानिक वाध्यता रहेको बताए ।
 
जेठ अन्तिमसम्म जसरी पनि चुनाव गराउनुपर्ने भन्दै प्रधानमन्त्री ओली र निर्वाचन आयोग दुबैको निर्वाचन गराउने दायित्व रहेको बताए ।
 
“जेठभित्र जसरी पनि चुनाव गराउनु पर्छ । निर्वाचन आयोगको त्यही काम हो,” देउवाले भने, “निर्वाचन आयोग संविधान बाहिर जान सक्छ ? निर्वाचन आयोगलाई म यहीँबाट भन्न चाहन्छु –प्रधानमन्त्री ओलीले संसद विघटन गरेको छ महिनाभित्र चुनाव गराइसक्नुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  २१:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC