site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सर्वोच्चमा मात्र होइन फैसला जनताको अदालतमा पनि हुनेछ : कांग्रेस नेता आचार्य
Sarbottam CementSarbottam Cement

विराटनगर । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यले एउटा मुद्दा सर्वोच्च अदालतमा र अर्को मुद्दा जनताको इजलासमा चलिरहेको बताएका छन् ।

लाखौंको संख्यामा जनता सडकमा ओर्लिएका छन् । संविधानविपरीत विघटन गरेको प्रतिनिधिसभा पुन:स्थापित गर्न याचना गर्न होइन बरु संविधानको रक्षार्थ जनतामाझ कांग्रेस आएको बताए । उनले भने, "हामी सर्वोच्च अदालतको बहसलाई पनि सूक्ष्म ढंगले हेरिरहेका छौं । जनताको अदालततिर पनि हेर्दै छौं ।" उनले जनताको अदालतमा प्रधानमन्त्रीको कदमको फैसला हुने स्पष्ट गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

आचार्यले प्रधानमन्त्रीले देशका संयन्त्रलाई कम्युनिस्टकरण गर्न र प्रचण्ड-माधव नेपाल उत्तिकै जिम्मेवार रहेको बताए । बलात्कारीलाई कारबाही गर्नुको साटो अपराधी लुकाउने काम भएको र अनियमितता गर्नेलाई बचाउने काम भएको आरोप लगाए । प्रधानमन्त्रीले सरकारी खर्च गरेर पार्टीको विवादमा झगडिया भएर सडकमा गएको बताए ।

यस्तै कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले नेकपाका दुवै समूहले भाडामा ओसारे जसरी कांग्रेसको भेलामा जनसमुदाय भेला नभएको बताए । उनले भने, "अब देशले कांग्रेस खोजेको छ । एमाले र माओवादी सच्चिएर आउलान् भनेको त्यो भएन ।" तीन वर्षअघि नै कांग्रेसले भनेको थियो छोरी र कोदो मिल्दा तेल ननिस्कनेजस्तै नेकपाले चुनाव जितेर जनता र देशलाई धोका दिएको बताए । अर्यालले प्रतिगमनको विरोध गरिरहने र अदालतको निर्णयसमेत पर्खिएर त्यसलाई सम्मान गर्ने बताए ।

Global Ime bank

अर्यालले सबै परिवर्तनको आत्मसात गर्ने पार्टी कांग्रेस मात्र भएको बताउँदै भने, "संविधानलाई अब कानुनत स्थापित गर्ने काम अब कांग्रेसले गर्छ ।" ७० वर्षको आन्दोलनको बलमा ल्याएको संविधान र गणतन्त्र नेकपाले अढाइ वर्षमा निमोठेको बताए । कांग्रेसले प्रतिगमन नसच्चिएसम्म संघर्ष गरिरहने स्पष्ट गरे ।

कांग्रेस केन्द्रीय सदस्य तथा उद्योगी पवन शारडाले संविधानविपरीतको कदमले सबै क्षेत्रमा असर गरेको बताए । उनले भने, "सरकारले औद्योगिक क्षेत्रका लागि झन् संकटमा लगेको छ ।"

यस्तै उप-प्राध्यापक इन्दिरा प्रसाईंले संविधानको कुनै पानामा नलेखिएको कुरा गरेको गरेर जनताले स्थापित गरेको गणतन्त्र नै जोखिममा पारिदिएको बताइन् । उनले भनिन्, "आफ्ना गुणगान गाउनेलाई संवैधानिक नियुक्ति दिन थालेका छन् ।"

नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले संघीय गणतन्त्र समाप्त गर्ने दिशामा ओली सरकार लागेको बताए । उनले भने," कम्युनिस्टले देश चलाउन सकेन अब राष्ट्रव्यापी आन्दोलन उठाउन जरुरी छ ।" विराटनगरका विभिन्न स्थानबाट निस्किएका र्‍याली महेन्द्र चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  २०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC