site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसको नेतृत्वमा आएको संविधान उल्लंघन हुँदा टुलुटुलु हेरेर बस्न सकिँदैन : प्रकाशमान सिंह
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा ल्यारएको संविधान उल्लंघन हुँदा टुलुटुलु हेरेर नबस्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध ७७ जिल्लामा विरोधसभा गरेको कांग्रेसको कास्कीको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ओलीले, प्रतिनिधिसभासँगै लोकतन्त्र र संविधानलाई पनि प्रहार गरेको सिंहको दाबी छ ।

“७० वर्षको नेपाली जनताको चाहनाअनुरुपको संविधान नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको हो, त्यसकारण संविधान रक्षका लागि अरुको भन्दा कांग्रेसकै दायित्व बढी छ,” सिंहले भने, “त्यो संविधानमा प्रधानमन्त्रीले धावा बोलेका छन्, त्यसलाई राष्ट्रपतिले पनि साथ दिँदा संविधान समाप्त हुने खतरा बढेको छ ।” उनले यस्तो भइरहँदा कांग्रेस टुलुटुलु् हेर्न नसक्ने भएकैले देशव्यापी आन्दोलनमा रहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

सिंहले न्यायमूर्तिहरुले देशको संविधानअनुसार नै फैसला गर्ने भन्दै प्रधानमन्त्रीको कदम सर्बोच्चबाट सच्चिने विश्वास व्यक्त गरे ।

“न्यायमूर्तिहरु नेपालको संविधानअनुसार नियुक्त हुनुभएको हो र प्रतिनिधिसभा विघटनमा पनि उहाँहरुले नेपालकै संविधान हेरेर फैसला गर्नुहुन्छ भन्ने विश्वास छ,” सिंहले भने, “सेटिङ गरेको छुँ भन्नेहरुलाई पनि अब न्यायमूर्तिहरुकै फैसलाबाट जवाफ मिल्नेछ ।” न्यायलयमा जाने न्यायाधीशले व्यक्तिगत धर्मिक आस्थासमेत छाडेर सबैलाई न्याय गर्नुपर्ने भन्दै कसैको सेटिङबाट न्यायलय र न्यायमूर्ति प्रभावित नहुने बताए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  २०:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC