site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपाले अदालतलाई धम्क्याइरहेको छ : नेता महर 
Sarbottam CementSarbottam Cement

बझाङ । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले नेकपाका दुवै समूहले अदालत र निर्वाचन आयोगलाई धम्क्याइरहेको आरोप लगाएका छन् । आधिकारिक रुपमा विभाजन भइ नसकेका दुवै समूहको दबाबकै कारण न्यायिक प्रक्रियामा पनि ढिलाइ भइरहेको नेता महरको भनाइ छ ।

कांग्रेसको देशव्यापी प्रदर्शन तथा बझाङका तरुण नेता अमृतबहादुर सिंह ’लखन’ को हत्याको विरोधमा बझाङको पाथीभरामा आयोजित विरोधसभामा नेता महरले अदालतले निर्णय प्रक्रियामा गरेको ढिलाइका कारण राजनीतिक संकट प्रतिदिन गहिरिँदै गएको बताए । “सर्वोच्च अदालतलाई राजनीतिक दबाबमा राख्ने काम भएको छ,” नेविसंघका पूर्वअध्यक्षसमेत रहेका महरले भने, “अदालतले निर्णय दिन गरिरहेको ढिलाइले मुलुकमा ध्रुवीकरणसँगै संकट थपिँदै गएको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

महरले मुलुकलाई थप संकटबाट जोगाउने जिम्मेवारी अदालतलाई रहेको बताए । “अदालतले जति दिन फैसला गर्न समय लिन्छ त्यति नै समस्या बढ्दै जाने देखिन्छ,” उनले भने, "अदालतको निर्णयमा कुनै पनि खाले दबाब देखिनु हुँदैन ।”

सरकारबाटै लोकतान्त्रिक मूल्य-मान्यता र संविधानमाथि गम्भीर चुनौती देखिएको जिकिर गर्दै नेता महरले सरकार संविधानभन्दा माथि जान खोजेको आरोप लगाए । साथै उनले कम्युनिस्ट सरकारबाट असंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटन संविधानमाथि गरिँदै आएको उल्लंघनको निरन्तरता मात्र भएको बताए ।

Global Ime bank

कांग्रेस कार्यकर्ता हत्याको विरोधमा नेता महरले सरकार आफैं अपराधीको नाइकेजस्तै देखिएको आरोप पनि लगाए । “सत्तारुढ दलकै जिम्मेवार मान्छेको संलग्नतामा कांगेस कार्यकर्ताको हत्या भएको छ,” उनले प्रश्न गरे, “कानुनी राज्यमाथि योभन्दा ठुलो चुनौती के हुनसक्ला ?” 

उनले नेपालका कम्युनिस्टहरुले हिँड्दै पाइला मेट्दैको प्रवृत्ति देखाएको जिकिरसमेत गरे । “जुन मतदाताले नेकपालाई पत्याएर दुईतिहाइसहित सत्तामा पठाए तिनैमाथि गम्भीर अन्याय गर्ने ? कम्युनिस्टप्रति रोष प्रकट गर्दै उनले भने, “अहिले नेकपाका कुनै पनि नेतालाई जनतामा जाने कुनै नैतिक बल बांकी छैन ।” उनले कहिले सत्ता र कहिले प्रतिपक्षमा बसेर मुलुकलाई भड्खालोमा पुर्‍याउने नेपालमा कम्युनिस्ट शक्तिको विशेषता नै देखिएको टिप्पणी पनि गरे । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  १९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC