चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनको बाटो पक्रिएको आरोप लगाएका छन् । नेपाली जनताले लामो संर्घषबाट प्राप्त भएको उपलब्धिलाई धरापमा पारेको बताएका हुन् ।
उनले ओली हारिसकेको भन्दै उनले चुनाव गर्न घोषणा नगरेको दाबी गरे । "उहाँले जति बेला प्रतिगमनको बाटो पक्रिनुभयो, प्रतिक्रान्तिको बाटो पक्रिनुभयो त्यहाँबाट उहाँ मतमा पनि हार्नुहुन्छ, व्यवहारमा पनि हारिसक्नुभयो । चुनावका लागि गरिएको प्रतिगमन नै होइन," प्रचण्डले भने । संविधान मिचिएको र लोकतन्त्रमाथि प्रहारविरुद्ध आफूहरूले आन्दोलन गरिरहेको बताए ।
"पहिला राजामहाराजाले जे गर्नुभएको थियो अहिले केपी ओलीले त्यही गर्नुभएको छ," उनले भने । बुद्धिजीवीलगायत सचेत जनताले आन्दोलनमा साथ दिएको भन्दै उनले कुनै हालमा चुनाव नहुने जिकिर गरे ।