




मुम्बई । अभिनेता आमिर खानका छोरा जुनेद खान आफ्नो डेब्यु चलचित्रका लागि तयार भएका छन् । उनी यशराज फिल्मस्बाट निर्माण हुन लागेको चलचित्र ‘महाराजा’ बाट बलिउडमा डेब्यु गर्ने भएका हुन् ।
जुनेदको डेब्यु चलचित्र ‘महाराजा’ आज (फेब्रअरी) १५ बाट छायांकनमा गएको बलिउड हंगामाले लेखेको छ । खबरका अनुसार यस चलचित्रका लागि विजय नगरमा भव्य सेट निर्माण भइसकेको छ । चलचित्रका निर्देशक सिद्धार्थ पी मल्होत्रा र प्रोडक्सन डिजाइन टिमको अवधारणमा भव्य सेटको निर्माण गरिएको हो ।
जुनेदका साथै ‘अर्जुन रेड्डी’ की अभिनेत्री सालिनी पाण्डे, शर्वरी वाघ र जयदीप अहलावत पनि चलचित्रमा देखिनेछन् ।
‘महाराजा’ महाराज लिबेल केसमा आधारित रहने बताइएको छ । सन् १८६२ मा धार्मिक समूहका प्रमुखले एक पत्रिकाविरुद्ध मुद्दा दर्ता गराएको थियो, जुन पत्रिकाले महाराजले एक महिला भक्तलाई यौन शोषणा गरेको पर्दाफास गरेको थियो । चलचित्रमा जुनेद पत्रकार करसन्डास मुल्जीको भूमिका निभाउँदै छन् ।



