देश
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले विशेष परीक्षाको आवेदन भोलिदेखि खुला गर्ने भएको छ ।
आगामी चैत १२ र १३ गते हुने परीक्षाका लागि अनलाइनमार्फत आवेदन दिन सकिनेछ । आवेदन फाराम बुझाउने अन्तिम मिति फागुन २३ गते तोकिएको छ भने विलम्ब शुल्क तिरेर २४ र २५ गतेसम्म बुझाउन सकिने काउन्सिलले जनाएको छ । परीक्षा पुलचोक इन्जिनियरिङ कलेजमा हुने जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७ १८:२७
प्रतिक्रिया दिनुहोस्