राजनीति
काठमाडौं । अधिवक्ता टीकाराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा बहुदलीय व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा परेको बताएका छन् ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरूद्द रिट निवेदकको पक्षबाट जवाफी बहस गर्दै उनले यस्तो बताएका हुन् ।
"बहुदलीय व्यवस्थामा स्वस्थ्य प्रतिस्पर्धा खोजिन्छ, तर प्रधानमन्त्रीले त मबाहेक अर्को कोही प्रधानमन्त्री बन्न सक्दैन भन्नु भनेको बहुदलीय व्यवस्था नै धारापमा पार्ने काम भयो," उनले भने । त्यस्तै उनले अदालतले अहिले प्रधानमन्त्रीले मैदानबाहिर गएर गोल गरेको भन्दै अदालतले प्रधानमन्त्रीलाई मैदानमा फर्काउनुपर्ने बताए ।
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७ १८:१८
प्रतिक्रिया दिनुहोस्