site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
म्यानमार : इन्टरनेट कटौतीसँगै सडकमा सेनाको उपस्थिति बढ्यो
Sarbottam CementSarbottam Cement

बीबीसी । म्यानमारमा यतिबेला देशभरका सहरमा सेनाहरूले सशस्त्र सवारीसहित आफ्नो उपस्थिति बढाइरहेका छन् । प्रदर्शनकारीहरू सोमबार पनि सानो समूहमा जम्मा भइरहेका छन् । गत फेब्रुअरी १ मा सेना पक्षले अचानक सबै प्रमुख नेतालाई पक्राउ गर्दै सत्ता आफ्नो हातमा लिएपछि त्यसैको विरोधमा नागरिकहरू विगत दुई सातादेखि आन्दोलनरत् छन् । यसबीच पछिल्ला केही दिन सेनाले भिड नियन्त्रण गर्न अब बल प्रयोग गर्ने संकेत दिइरहेका छन् ।

यति मात्र नभइ त्यहाँ आइतबार र सोमबार इन्टरनेट सेवा पनि कटौती गरिएको थियो जसमा टेलिकम सञ्चालकहरूले स्थानीय समय १ बजेदेखि भोलिपल्ट ९ बजेसम्म सेवा बन्द गर्न आफूहरूलाई निर्देशन दिइएको बताएका हुन् । लोकतन्त्र पुनःस्थापना गर्न अनि आफूले निर्वाचित गरेका नेताहरूलाई रिहा गर्न माग गर्दै म्यानमारमा हजारौँ मानिस दिनहुँ सडकमा प्रदर्शन गरिरहेका छन् । यसमा प्रमुख नेतृ आनसाङ सुकीलाई यसअघि फेब्रअरी १४ मा रिहा गरिने भनिएको थियो तर सोमबार सेनाले उनलाई थप दुई दिन बन्दी नै राख्ने घोषणा गरेको हो । गत नोभेम्बरमा उनको पार्टीले बहुमत प्राप्त गर्दै अधिकतम पद हासिल गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

सोमबार काचिन स्टेटको मित्किना सहरमा प्रदर्शनमा उत्रिएका हजारौँ आन्दोलनकारीहरूको सेनासँगको झडपमा बन्दुक चलाएको आवाज पनि सुनिएको थियो । तर त्यो वास्तविक गोली थियो या रबरको भन्नेचाहिँ स्पष्ट भएको छैन । त्यहाँ पक्राउ पर्नेमा पाँचजना सञ्‍चारकर्मी पनि छन् ।

यसरी सत्ता लिएदेखि पहिलोपटक यानगोनका सडकमा सेनाका गाडीहरू देखापरेका हुन् । आइतबार इन्जिनियर र भिक्षुहरूले त्यहाँ आन्दोलन गरेका थिए भने राजधानी नपिदमा मोटरसाइकलमार्फत प्रदर्शन गरिएको थियो ।

Global Ime bank

राजधानीस्थित एक डाक्टरले बीबीसीसँग बताएअनुसार सेनाहरूले अहिले रातिको समयमा घरघर गएर छापा मारिरहेका छन् । उनले भनेका हुन्, “यो अत्यन्तै चिन्ताजनक कुरा हो कि उनीहरूले ८ बजेदेखि ४ बजेसम्म घरबाट बाहिर ननिस्कन कर्फ्यु जारी गरेका छन् तर फेरि त्यही समयमा हामी जस्तालाई पक्राउ गरिरहेका छन् । अघिल्लो दिन त सेनाले घरको पर्खाल चढेर जबरजस्ती भित्र पस्दै अवैध तरिकाले मानिस पक्राउ गरेको थियो । यो सामान्य कुरा होइन ।”
 
त्यस्तै याङ्गुनमा रहेको अमेरिकी दूतावासको कार्यालयले अमेरिकी नागरिकलाई कर्फ्युको समयमा भित्रै बस्न चेतावनी दिएको छ । 

यसअघि एक भिडियोमा मानिसहरूले रातिको समयमा सेनाले छापा मारिरहेकाबारे छरछिमेकमा थाहा दिन भाँडाकुडा ठटाइरहेको पनि देखिएको थियो ।

यता सेनाले शनिबार मात्र व्यक्तिलाई चौबीस घण्टाभन्दा बढी हिरासतमा राख्न अनि निजी सम्पत्तिमा खोजी गर्न अदालतको आदेश लिनुपर्ने नियम खारेज गरेको हो । यसका साथै उनीहरूले सात प्रमुख विपक्षी अभियन्ताविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको पनि जनाएका छन् । यससम्बन्धी संयुक्त राष्ट्रसंघले सेनालाई जनतामाथि युद्ध घोषणा गरिरहेको आरोप लगाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  १८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC