site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘बहुमत प्राप्त प्रधानमन्त्रीले देश चलाउन मन लागेन भने घर जान पाउँछ, संसद् विघटन गर्न पाउँदैन’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । नेपाली कांग्रेसका युवा नेता गगन थापाले बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्ने कुनै अधिकार नभएको बताएका छन । चितवनमा आज नेपाली कांग्रेसद्धारा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले भने, "बहुमत प्राप्त प्रधानमन्त्रीले मन लागे घर जान पाउँछ, वन जान पाउँछ संसद् विघटन गर्न पाउँदैन । घर बनाउन कला बदल्न सकिन्छ तर जग बदल्न मिल्दैन ।"

नेता थापाले देशको यस्तो अवस्थामा अदालतले केपी ओली र प्रचण्डको भेला मात्रै नहेरेर अदालतको धर्म निर्वाह गर्नुपर्ने बताए । "जबसम्म अदालत स्वतन्त्र हुँदैन तबसम्म कांग्रेसले हस्ताक्षर गर्दैन । मेरो अदालत प्रधानमन्त्रीको धम्कीबाट नडराओस् । कसैको भेला नहेरोस् । संविधानको धारा मात्र हेरोस् ।"

पहिले पहिले जनताले राजा महाराजाको सवारी हेर्ने गरेको बताउँदै उनले ओलीलाई भने, "यसैगरी ओली कहिले चितवन, दाङ, बुटवल सवारी गरिरहेका छन् । भ्रममा नपर्नुस् प्रधानमन्त्रीज्यू जनता तपाईको भेलामा कमेडी सुन्न आएका हुन् ।" केपी ओलीलाई अब श्री ५ महाराजालाई सम्झाएजस्तै सम्झाउनुपर्ने थापाले बताए । प्रधानमन्त्रीले चुनाव गर्ने नाटक गरेको भन्दै उनले चुनाव कुनै हालतमा नहुने जिकिर गरे । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  १८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC