site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोकाकोला कम्पनीले पहिलोपटक कागजको बोतल परीक्षण गर्दै
Sarbottam CementSarbottam Cement

बीबीसी । कोकाकोला कम्पनीले आफ्ना उत्पादनका लागि कागजबाट बनेको बोतल परीक्षण गर्ने तयारी गरिरहेको छ जसले प्लास्टिकलाई यसको प्याकेजिङबाट पूर्ण रुपमा हटाइदिनेछ ।

यसको प्रोटोटाइप डेनमार्कको एउटा कम्पनीले निर्माण गरेको हो जसमा अत्यन्तै बलियो कागजको बाहिरी स्वरुप हुनेछ । त्यसमा बिरुवामा अधारित प्लास्टिक जस्तै भित्री ‘लाइनर’ पनि रहने बताइएको छ जसले यसलाई भिज्न दिनेछैन । 

Prabhu Bank
Agni Group
NIC Asia

यसको उद्देश्य वास्तवमा १०० प्रतिशत रिसाइकल गर्न मिल्ने अनि भित्रको ड्रिङ्क्सबाट ग्यास बाहिर निस्कन नदिने क्षमता भएको प्लास्टिकमुक्त बोतल निर्माण गर्नु हो । त्यस्तै यसमा भित्रको उत्पादनमा कुनै फाइबारका टुक्रा नपरोस् भन्ने सुनिश्चित गर्न पनि जरुरी छ जसले पेय पदार्थको स्वाद बिगार्नुका साथै दूषित गरी स्वास्थ्य अनि सुरक्षालाई पनि जोखिममा पार्न सक्छ ।

तर, पनि उद्योगविद्हरुले यो योजनालाई सकारात्मक रुपमा अघि बढाइरहेका छन् । जस्तै कोकाकोला कम्पनीले मात्र २०३० सम्ममा फोहोर उत्पादनलाई शून्य बनाउने लक्ष्य राखेको छ ।

Global Ime bank

गत वर्ष च्यारिटी ग्रुप ‘ब्रेक फ्रि फ्रम प्लास्टिक’ ले कोकाकोलालाई विश्वकै नम्बर १ प्लास्टिक प्रदूषण गर्ने कम्पनीका भनेर सूचीकृत गरेको थियो । यससँगै नेस्ली अनि पेप्सी पनि उच्च स्तरको प्रदूषण गराउनमा शीर्ष तीनमा परेका हुन् । 
उक्त कागजको बोतल निर्माण गर्ने डेनिस फर्म ‘पाबोको’ का अनुसार कोकाकोला, बियरजस्ता प्रेसर पारेर स्टोर गर्नुपर्ने ‘फिजी ड्रिङ्क्स’ लाई धान्न सक्ने किसिमले कागजको संरचना तयार गर्नु चुनौतीमय थियो । यसका साथै तिनलाई ब्रान्डअनुसार विभिन्न आकारमा अनि तिनको नाम प्रिन्ट गर्न कागजमा इंक पनि प्रयोग गर्नुपर्ने हुँदा यो काम झन् कठिन बन्न पुगेको हो ।

सात वर्षसम्म ल्याबमा रिसर्च गरिसकेपछि सो फर्मले हंगेरीस्थित यसै गर्मीयाममा कोकाकोलाले उत्पादन गर्ने पेय पदार्थमा सो कागजको बोतल प्रयोग गरिने बताएको छ । यसमा सुरुवाती चरणमा दुई हजार बोतल लोकल रिटेल चेनमार्फत वितरण गरिने भनिएको छ । त्यस्तै बेलायत र स्विडेनमा चाहिँ भोड्का उत्पादक, ‘एब्सोलुट’ ले दुई हजार वटा कागजका बोतलमा ‘कार्बोनेटेड ड्रिङ्क’ हालेर परीक्षण गर्ने जनाएको छ । त्यस्तै बियर कम्पनी काल्सबर्गले पनि कागजको बोतलको आफ्नै प्रोटोटाइप निर्माण गरिरहेको छ ।

फर्मका कमर्सियल म्यानेजर माइकेल माइकेल्सनका अनुसार ती कागजका बोतल फाइबरमा आधारित एउटा सिङ्गो वस्तुबाट निर्माण गरिएको छ जसले त्यसलाई बलियो बनाउँदछ । उनले भने, “वास्तवमा यो गोप्य कुरा हो । यसमा धेरैथरीका वस्तु जोडेर बनाउनुको साटो एउटै सामग्री प्रयोग गरी निर्माण गर्नुले बोतललाई बलियो बनाउनेछ ।”

कोकाकोला र एब्सोलुटले यसलाई सार्वजानिक गरेपछि मात्र यस प्रविधिको प्रभावकारिता जाँच गरिनेछ । वास्तविक जीवनमा व्यवहारिक छ कि छैन भन्ने थाहा पाउन वास्तविक उपभोक्ताहको प्रतिक्रिया आवश्यक पर्ने माइकेलसनले बताए । यसमा कागज पानीसँग सीधा सम्पर्कमा आउन नसक्ने हुँदा भित्रपट्टि बिरुवामा आधारित पातलो कोटिङ राखिनेछ । यो बिरुवामा आधारित एकदम सानो पर्खालजस्तो काम गर्ने र उत्पादनलाई पनि सुरक्षित राख्ने माइकलले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC