site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
काठमाडौंमा खोइ साइकल लेन ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । ललितपुर महानगरपालिकाले सुरु गरेको साइकल लेनले 'राइडर'का लागि थोरै भए पनि राहत दिएको छ । तर, काठमाडौं र भक्तपुरमा भने साइकल लेन छैन । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चुनावी घोषणापत्रमा स्मार्ट सिटीको नारा दिएका थिए । मेयर बनेको तीन वर्ष बितिसक्दा पनि मेयर शाक्यले साइकल लेनको कुनै काम थालनीसम्म गरेका छैनन् ।
 
ललितपुरको साइकल लेनका लागि नक्सा वा रुपरेखा तयार पार्ने सोमराज रानाका अनुसार जहाँ साइकल लेन छैन, त्यो सहर स्मार्ट सिटी बन्न सक्दैन । "स्मार्टसीटीअन्तर्गत पाँचौं स्थानमा साइकल लेन पर्छ," उनी भन्छन्, “५/७ किलोमिटरका लागि घण्टौँ ट्राफिक जाम खेप्नुपर्ने बाध्यात्मक अवस्था छ । सडक दुर्घटना, हानिकारक वायुप्रदूषण त्यत्तिकै छ । यही सास्ती खेपेर बस्नचाहिँ सधैं सम्भव होला र ?”

सन् २००५ मा काठमाडौं महानगरपालिकाले साइकल संस्कृति विकासका लागि एक्सन प्लानमा हस्ताक्षर गरेको थियो । उक्त एक्सन प्लानअन्तर्गत केही वर्षभित्रै ४४ किमि साइकल लेन र ट्रयाक निर्माण गर्ने निर्णय भएको थियो । तर, यो निर्णय कार्यान्वयन भने हुन सकेन ।
 
यसअघि सन् २००१ मा यातायातविज्ञ नरेश प्रधानले साइकल लेनको अध्ययन डिजाइन तयार पारेका थिए । तर, यो सफल हुन सकेन । उनका अनुसार ०५५ सालसम्म काठमाडौंमा साइकलको धेरै प्रयोग हुन्थ्यो । "उपत्यकामा खासगरी ज्याला-मजदुरी, व्यापारी र कर्मचारीले दैनिक साइकल चलाउने गर्थे," उनले भने, “सडक चोकमा धेरै साइकल देखिन्थे । निजी यात्राका लागि पनि साइकलको प्रयोग गर्ने गरिन्थ्यो । तर, अहिले साइकलका लागि बाटो नै दिइँदैन काठमाडौंमा ।”

उनका अनुसार ललितपुर, काठमाडौं र भक्तपुरमा धेरै साइकल पसल थिए । साइकल भाडामा लिएर चलाउने चलन थियो । लगनखेल, असनका साइकल पसलहरू फस्टाएका थिए । त्यतिबेला सडकमा न धुँलो थियो न धुँवा ।

Agni Group

साइकल यात्री रमेश बराल काठमाडौंमा साइकलका लागि बाटो नभएको बताउँछन् । “साइकल र्‍याली भएका बेलामा मात्रै बाटोभरी साइकल हुन्छन् । सबैजसो साइकल सँगसँगै गुड्छन्,” उनले भने, ‘‘अघिपछि साइकल विरलै देखिन्छन् । थोत्रा गाडी धुलोधुँवा उडाउँदै गुड्छन् । प्राय: साइकल राजधानीका सडकमा गुड्दैनन् । सडकलाई चाप पर्ने खालका सवारी मात्रै सडकमा गुड्ने गरेका छन् । यसले थप सास्ती र धुलोधुवाँ खान बाध्य बनाएको छ ।”
 
साइकल लेनका योजनाकार तथा एनसीएस टेक्निकल टिमका राकेश महर्जनका अनुसार अहिलेको समयमा कोटेश्वर-कलंकी सडक विस्तार गर्दा डिजाइनमा राखिएका साइकल लेन हटाइएको छ । कलंकी-चाबहिल खण्डमा राम्रो खालको फुटपाथ व्यवस्थापन हुनुपर्छ । "सुरक्षित साइकल लेन वा बस लेन राखिनुपर्छ भन्ने आवाज नागरिक समाजबाट उठिरहेको छ," उनी भन्छन् ।


 
ललितपुरका रमेशबहादुर श्रेष्ठ दैनिक काठमाडौं-ललितपुरका सडकमा साइकल यात्रा गर्छन् । उनी साइकललाई वरिपरिबाट सवारीसाधनले घेर्ने बताउँछन् । “यसरी वरिपरिबाट अन्य सवारीसाधनले घेर्दा किचिएला कि भन्ने डर हुन्छ । बिहान साइकलमा केही समय हिँडियो भने मर्निङ वाक हुन्छ । यसले स्वास्थ्य राम्रो हुनुका साथै शरीरमा फिटनेस कायम रहिरहन्छ । बेलुकी पनि यसरी नै ५ देखि १० किमि सडकमा साइकल यात्रा गर्छु,” उनले भने, ‘‘कतै धुलोधुवाँको सास्ती छ, त कतै खाल्डैखाल्डा छन् । ललितपुर महानगरले थोरै साइकल लेन बनाए पनि काठमाडौं महानगरले भने यतातर्फ ध्यान दिन भ्याएको छैन । साइकल लेनलाई प्राथमिकता पनि दिएन ।”

Global Ime bank

ट्राफिक प्रहरीको तथ्यांकअनुसार पुराना सवारीसाधन सडकमा गुड्दा दुर्घटनाको सिकार साइकलयात्री पर्ने गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १६ लाखको हाराहारीमा राजधानीमा सवारीसाधन गुड्छन् । ट्राफिक इन्जिनियर आशिष गजुरेल भन्छन्, “छोटो दूरीका लागि साइकल यात्राको तय गरिनुपर्छ । मानिसले प्रयोग गर्ने एकतिहाइ मानिस मात्रै साइकलमा झार्ने हो भने सडकको अवस्था पनि यस्तो हुँदैन ।”

पूर्वाधारविद्हरूका अनुसार राजधानीको सूर्यविनायकदेखि कलंकी हुँदै थानकोटसम्म र बूढानीलकण्ठदेखि महाराजगन्ज-रत्नपार्क-माइतीघर-थापाथली हुँदै राजधानीका चारैतिरबाट साइकल लेनलाई जोड्न सकिन्छ । यी सडकहरूमा सडकको चौडाइ र ट्राफिक चाप हेरेर डिजाइनमा साइकल लेन बनाउन सकिने उनको भनाइ छ । उनले भने, “सडक भत्काउँदै निर्माण गर्न १०औँ करोडको खर्च हुन्छ । तर, साइकल लेनको विस्तार गर्न एक चौथाइ पनि खर्च लाग्दैन । यसको मर्मत खर्च पनि अत्यन्तै न्यून हुन्छ ।” कम ट्राफिक चाप हुने ठाउँमा साइकल लेनको विस्तार गर्न सकिने उनी बताउँछन् ।

वार्षिक राजधानीको जनसंख्या ४.५ प्रतिशतले बढिरहेको छ । सवारीसाधनहरूको वृद्धिदर १४.५ प्रतिशत छ । उपत्यकामा ठूला, मध्यम र साना गरी करिब २२ सय किमी सडक सञ्जाल छ । १.२ मिटर साइकल लेनका लागि छुट्याउन सकिने  बताउँछन् ।

ललितपुरको साइकल लेनमा सुधार आउँदै
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन स्मार्टसिटीको मापदण्डअनुसार आफूले साइकल लेन निर्माणमा जोड दिएको बताउँछन् ।

‘‘अहिले हाम्रो प्रयास निरन्तर छ । स्मार्ट सिटीअन्तर्गत टप फाइभमा साइकल लेन आउँदोरहेछ । गत वर्ष साढे १० किलोमिटर साइकल लेन विस्तार गरेका थियौं । यो वर्ष थप २२ किलोमिटर बनाउँदै छौं,” उनी भन्छन्, “यस वर्ष जम्मा साढे ३२ किलोमिटर स्मार्ट सीटीअन्तर्गत वाइसाइकल लेनको विस्तार गर्न गर्दै छौं । ग्रिन एन्ड ब्लु प्रोजेक्टअन्तर्गत हरियाली अभिवृद्धिको काममा पनि लागि परेका छौं ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC