site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संघीयता कार्यान्वयन गर्ने मूल जिम्मेवारी प्रदेश सरकारको हो : मुख्यमन्त्री राई
Sarbottam CementSarbottam Cement

विराटनगर ।  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीयता कार्यान्वयनको कसी प्रदेश सरकार भएको बताएका छन् । सरकार स्थापनाको तेस्रो वार्षिकोत्सवमा राईले प्रदेश सरकार नै संघीयता कार्यान्वयन आधार भएको दाबी गरेका हुन् ।

यो पहिलो, पहिलो संघीय अनुभव भएको र आधार संरचना, कानुन र पूर्वाधारको अभावबीच प्रदेश सरकार अहिलेको अवस्थामा आएको बताए । उनले भने, "सही मनस्थिति र सुझबुझको ढंगले हामी अघि बढेका छौं । ठोस उपलब्धिसाथ सरकार अघि बढेको छ ।" राईले यो तीन वर्षमा विकासको आधार तयार गरेको दाबी गर्दै प्रादेशिक संरचना नै संघीयताको मर्म भएको जिकिर गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकार अविचलित रहेको अनि आधार र थिति बसाल्ने काम गर्दै पाँच वर्षका लागि नभएर पछिसम्मको आधार तयार गरिरहेको बताए । उनले भने, "प्रदेश सरकारले विकासमा गति लिएको छ अब हामी शिलान्यासबाट विकास परियोजना उद्घाटनको चरणमा पुगेका छौं ।" राईले सीमित स्रोत र साधनबीच विकासको आकांक्षा बढी भएकाले स्रोत बढाउन आवश्यक रहेको बताए । संघीयता कार्यान्वयन गर्ने मूल जिम्मेवारी प्रदेश सरकारको भएको राईको भनाइ छ ।

यो अवधिमा सरकारले १२३ कानुन निर्माण गरेको, कोभिड असर परेकोले कृषि १६८० किसानलाई ७ करोड रुपैयाँभन्दा धेरै रकमको राहत वितरण गरेको र विकासका प्रयत्न जारी रहेको बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  ११:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC