site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद् विघटन गर्नुअघि धेरैपल्ट सोचेको हुँ : प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्नुअघि आफूले धेरैपल्ट सोचेको बताएका छन् ।

सिंहदरबारमा आफ्नो तीन वर्षको कामको समीक्षा गर्दै उनले यस्तो बताएका हुन् । उनले वैकल्पिक सरकारको सम्भावना नरहेपछि आफूले संसद् विघटन गर्नुपरेको बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले संसदले पनि आफूलाई असहयोग गरेको गुनासो पनि गरे ।

“संसदीय समितिमा पुगेका विधेयक संसदीय समितिमा फसाइयो । सरकारले निर्णयका लागि संसद्मा पेस गरेका प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिँदैन । राजदूत खालि छन् नियुक्ति गर्न दिइँदैन । संवैधानिक अंगमा कसैको सिफारिस भयो त्यहाँ कचिंगल मच्चाइन्छ । आफ्नै दलका नेता प्रयोग हुन्छन्,” उनले भने, “कार्यकारी पदमा अनुपयुक्त व्यक्ति अघि सार्ने, एक हिसावले भन्दा समानान्तर सत्ता सञ्चालन गरिन्छ । यस्तो अवस्थामा सकेसम्म अल्मल्याउने, नभए कामै गर्न नदिने आफ्नै दलका साथीहरु उभिए । नेकपाका शीर्ष तहमा रहेका नेताहरुको आकांक्षा र कुण्ठाको बाछिटा व्यवस्थिपाकामा नपरोस् भनेर सचेत रहेकै हुँ । समयभन्दा अघि निर्वाचनको बाटोमा हिँड्न नपरोस् भनेर मैले धेरै प्रयास गरेको हुँ ।”

Global Ime bank

उनले अर्का अध्यक्ष पुष्पकमल दाहालले पर्चा छापेर जिल्लामा पु¥याएको पनि आरोप लगाए ।

“प्रधानमन्त्री र आफ्नै पार्टीका अध्यक्षका बारेमा पर्चा छापेर विस्थापित गर्न खोज्ने नेतालाई सम्झाउने र स्थितिलाई सकारात्मक बनाउने प्रयास लगातार गरिरहेँ,” उनले भने, “र, यो प्रयास गत पुस ५ गते विघटनमा हस्ताक्षर हुनुभन्दा अघि २ बजेसम्म झुटो अभियोग फिर्ता लिउँ भनेर आग्रह गरेँ । पुस ५ गतेको अपराह्नसम्म लगातार प्रयास गरेँ । प्रतिनिधिसभा विघटन गर्नुभन्दा अघि मैले धेरैपल्ट सोचेँ । विघटन गर्न नपरोस् भनेर प्रयास पनि गरेँ । विद्यमान अवस्थामा वैकल्पिक सरकारको सम्भावना छ त ? पार्टीमा केही व्यक्ति गाइँगुइँ र एकजना व्यक्तिले झुटो लाञ्छना लगाएकोबाहेक केही छैन । संसदीय दलमा कुनै उजुरी छैन । दलको तर्फबाट कुनै समस्या प¥यो, बैठक गरौँ भन्ने माग पनि भएको छैन । मैले विघटनमा नगएर अस्वस्थ बाटो खुला गरिदिएको भए एकीकृत पार्टी नरहने, कसैको बहुमत नहुने, अनेक प्रकारका खेल सुरु हुने र देश अस्थिरता र अस्थायित्वतिर जाने सम्भावना देखा परे । प्रधानमन्त्रीका सामु मसँग धेरै विकल्प थिएनन् । कि मैले अस्वस्थ फोहोरी खेलतर्फ जान दिनुपर्थ्यो कि संसद् विघटन गर्नुपर्थ्यो ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  ११:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC