site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
काठमाडौंमा आज फाट्टफुट्ट वर्षा, देशभर आंशिकदेखि सामान्य बदली हुने
Ghorahi CementGhorahi Cement

काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी वायुको प्रभाव अझै एक–दुई दिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुनेछ । थोरै स्थानमा हल्का वर्षा र केही स्थानहरुमा हिमपातको सम्भावना रहेको छ ।

Agni Group

काठमाडौं उपत्यकामा पनि आज दिउँसो २–३ बजेपछि फाट्टफुट्ट वर्षाको सम्भावना रहेको महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । ‘‘काठमाडौंमा २–३ बजेपछि फाट्टफुट्ट वर्षाको सम्भावना छ । यो निरन्तर वा बेलाबेलामा हुँदैन । छोटो समय मात्र हुन्छ,’’ उनले बाह्रखरीसित भनिन्, ‘‘भिजाउनेखालको पनि हुँदैन ।’’

उनले आज देशका सबैजसो हिमाली भूभागमा हिमपातको सम्भावना रहेको बताइन् । पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको उनको भनाइ छ ।

Global Ime bank

आज बिहान पौने ६ बजे गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको मौसमविद् कँडेलले जानकारी दिइन् ।
फाइल तस्बिर ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  ०६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC