बाह्रखरी
sticky  ncell
British college
British college
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
‘नाइट’ का जेशनले ल्याए ‘रमिते’ 
NMB Bank
NMB Bank
बाह्रखरी - आईतबार, फागुन २, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank
Global bank
Agani Group
sarbottam cement

काठमाडौं । सांगीतिक समूह नाइटका सदस्य जेशन कुँवरको पुस्तक ‘रमिते’ सर्वाजनिक भएको छ । ललितपुरस्थित पाटन म्युजियममा सांगीतिक कार्यक्रमसहित पुस्तक विमोचन गरिएको हो ।

आख्यान विधाको यो पुस्तकलाई, चलचित्र संगीत तथा विभिन्न माध्यमबाट पनि प्रस्तुत गरिने लेखक तथा ब्यान्ड मेम्बर कुँवरले बताए । पुस्तकबारे लेखक कुँवर भन्छन्, “एक कलाकारका हिसाबले समाजका कति राम्रा तथा नराम्रा कुरा तथा भोगाइलाई मैले गीतमार्फत व्यक्त गरिरहेको छु । तर कतिपय कुरा संगीतमार्फत व्यक्त गर्न नसकेको महसुस भएर मैले ती कुराहरुलाई आख्यान मार्फत बजारमा ल्याएको छु ।”
 
पुस्तक विमोचन कार्यक्रममा लेखक कुँवरको ब्यान्ड ‘नाइट’ ले झन्डै एक दर्जन गीतहरुको प्रस्तुति दिएको थियो । पातबाट निकालिएको संगीतसँगै सुरु भएको प्रस्तुतिमा उस्तै झिमिने, डाँडाँ काँडा, यानी लै लैलगायतका प्रस्तुति दिइएको थियो । 

नाइट समूहका जेशन कुँवर, सुधीर आचार्य, अग्रिम लामा, शिव खत्री (कुमारी), सुगामा गौतमलगायतले प्रस्तुति गरेका थिए । बालकलाकार निशु शर्मा, निमेश शर्मा, परिधि खनाल, डोल्मा घिसिँङको हातबाट विमोचन गरिएको पुस्तकलाई रेड पाण्डा बुक्सले प्रकाशन गरेको हो ।
 

Nepal Investment bank
Nepal Investment bank
आईतबार, फागुन २, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्