site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
महिला राष्ट्रिय लिग : रश्मीको ह्‍याट्रिकमा आर्मी विजयी
Sarbottam CementSarbottam Cement

काठमाडौं । रश्मी घिसिङको ह्याट्रिकको मद्दतमा रौतहटको चन्द्रपुर नगरपालिकालाई हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा आठौं जित निकालेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा आर्मीले चन्द्रपुर नगरपालिकामाथि ६-१ को जित निकाल्दै आठौं जित निकाल्न सफल भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

एकतर्फीजस्तो देखिएको खेलमा आर्मीलाई जित दिलाउन रश्मी घिसिङले ह्याट्रिकसहित चार गोल गर्दा विमला चौधरीले दुई गोल गरिन् । यस्तै चन्द्रपुरकी रजनी थोकरले सान्त्वना गोल फर्काइन् ।

आइतबार एन्फा कम्प्लेक्समा भएको एकमात्र खेलमा आर्मीका लागि रश्मीले १०औं मिनेटमा गोलको खाता खोलेकी थिइन् । २२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा त्यसको तीन मिनेटमा विमलाले गोल थप्दा आर्मीले ३-० को अग्रता लिन सफल भयो । पहिलो हाफको इन्जुरी चन्द्रपुरकी रजनी थोकरले गोल गर्दै आर्मीको अन्तर घटाउने प्रयास गरिन् ।

Global Ime bank

पहिलो हाफमा लिएको अग्रतालाई आर्मीले दोस्रो हाफमा कायम राख्दै थप तीन गोल गर्न सफल भयो । ५०औं मिनेटमा रश्मीले पेनाल्टीबाट ह्याट्रिक पूरा गर्दा ५६औं मिनेटमा विमलाले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मीले ५-१ को अग्रता बनायो । ६१औं मिनेटमा रश्मीले व्यक्तिगत चौथो गोल गर्दै आर्मीलाई ६-१ को जित निश्चित गरिन् ।

जितसँगै आर्मीले १० खेलमा २५ अंक जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा छ । आर्मी शीर्ष स्थानको एपीएफभन्दा २ अंकले पछि छ । एपीएफ ९ खेलमा २७ अंक जोडेर शीर्ष स्थानमा छ ।

चन्द्रपुर १० खेलमा ६ अंक जोडेर छैटौं स्थानमा छ । प्रतियोगिताअन्तर्गत सोमबार दुई खेल हुनेछ । पहिलो खेल एपीएफ र नेपाल पुलिस तथा दोस्रो खेल वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  १९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC