site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
त्रिभुवन विश्वविद्यालयमा जारी नेविसंघको अनशनमा वरिष्ठ नेता पौडेलको ऐक्यबद्धता
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्ववियु निर्वाचन माग गर्दै त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा १२ दिनदेखि जारी रिले अनशनमा ऐक्यबद्धता जनाएका छन् । अनशनमा ऐक्यबद्धता जनाउन पौडेल नेपाल विद्यार्थी संघका नेता, कार्यकर्ता अनशन बसिरहेको स्थान कीर्तिपुर पुगेका थिए । 

अनशनमा ऐक्यबद्धता जनाउँदै नेता पौडेलले आफूहरुले स्थापित गरेको स्वतन्त्र विद्यार्थी नियनलाई बचाउने जिम्मेवारी नेविसंघको भएको बताए । कम्युनिस्टका कारण स्ववियुको अस्तित्व नै संकटमा परेको भन्दै उनले विद्यार्थीहरुले उठाएको माग जायज भएको बताए । शैक्षिक सुधारका लागि विद्यार्थीले सुरु गरेको सत्याग्रहमा आफ्नो साथ रहेको भन्दै पौडेलले विद्यार्थीले उठाएका माग सम्बोधन गर्न पनि माग गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

स्ववियु निर्वाचन तत्काल घोषणा हुनुपर्नेलगायत पाँचबुँदे माग राख्दै नेविसंघले रिले अनशन जारी राखेको छ । नेता पौडेलसँगै कांग्रेस नेता राजन केसी पनि पुगेका थिए ।

नेविसंघले विश्वविद्यालयलाई प्राज्ञिक क्षेत्र बनाइनुपर्ने, विश्वविद्यालयको स्वायत्तता कायम गरिनुपर्ने, समयानुकूल शैक्षिक प्रणाली र गुणस्तरमा केन्द्रित हुनुपर्छ र स्ववियुको निर्वाचन सुनिश्चितता गरिनुपर्छ माग राखेर अनशन गरिरहेको र माग पूरा नभएसमम जारी रहने नेविसंघका नेता भुवन भट्टले जानकारी दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  १८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC