site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विवादकैबीच जलहरी राख्न पशुपति प्राङ्गणमा पगालियो ६४ किलो सुन
Sarbottam CementSarbottam Cement

काठमाडौं । विवादकै बीच पशुपतिनाथको मन्दिरमा ६४ किलो सुन ल्याएर जलहरीमा पगालिएको छ । पशुपति क्षेत्र विकास कोषद्वारा दश कालीगढ खटाएर एक सय आठ किलो सुन पगालेर जलहरी बनाउने तयारी छ । अब बाँकी ४४ किलो सुन अर्को सातासम्म आइपुग्ने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बाह्रखरीलाई जानकारी दिए । 

"पहिलो चरणको सुन ल्याइसकेका छौं । अहिले ल्याइएको ६४ किलो सुन पगालिएको छ," उनले भने, ‘‘यसलाई कालीगढले आकार दिन थालिसकेका छन् । बाँकी रहेको सुन अर्को सातासम्म आइपुग्नेछ । त्यसलाई पनि पगालिनेछ ।" उनका अनुसार जलहरी निर्माणका लागि दश कालीगढ खटाइएको छ । आउँदो शिवरात्रिसम्म जलहरी राखिसक्ने योजना रहेको खतिवडाले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १२ गते चाँदीको जलहरीलाई सुनको जलहरीमा परिवर्तन गर्न निर्देशन दिएका थिए । सरकारका तर्फबाट ३० करोड रुपैयाँ दिने प्रतिबद्धता पनि प्रधानमन्त्री ओलीले जनाएका थिए । त्यहीअनुसारले कोषलाई काम अघि बढाउन निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनअनुसार कोषले जलहरीका लागि आवश्यक पर्ने एक सय आठ किलो सुन खरिद गर्न ८० करोड लाग्ने स्टिमेट तयार पारेको थियो । सरकारले ३० करोड दिने र बाँकी ५० करोड रुपैयाँ कोषले खर्च गर्ने भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । सरकार र कोषले राष्ट्र बैंकमा रुपैयाँ जम्मा गरेपछि जलहरी बनाउन सुन दिएको हो । 

Global Ime bank

सम्पदा संरक्षक तथा कानुनी अधिवक्ता सञ्जय अधिकारी जलहरी फेर्ने काम विवादको विषय बन्दै पनि आएको बताउँछन् । "चाँदीको ठाउँमा सुनको जलहरी राख्न नमिल्ने कुरा प्राचीन स्मारक संरक्षण ऐन २०१३ विपरीत छ," उनले भने, ‘‘ऐनको दफा १२ को खण्ड ग मा कुनै पुरातात्त्विक वस्तु नष्ट गरे, भत्काए, विरूप पारे, चोरी गरे, अनधिकृत रूपमा हटाए वा परिवर्तन गरेमा त्यस्तो पुरातात्त्विक वस्तुको बिगोबमोजिम रकम असुल उपर पाँच हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय भोग्नुपर्ने व्यवस्था  गरीएको छ ।” पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष तथा वाग्मती प्रदेशका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले ऐन मिच्न नपाइने बताउँछन् । "कुनै पनि निकायले ऐनविपरीत काम गर्न पाइँदैन । चाँदीको जलहरीका सुनको राख्न पाइँदैन," उनले भने, ‘‘हिजो चाँदीको थियो भने आज पनि चाँदीकै हुनुपर्छ । चाँदीको जलहरी खिइयो भन्दै सुनको जलहरी राख्न पाइँदैन ।”

यसैबीच पशुपति क्षेत्र विकास कोषका सदस्य-सचिव डा. प्रदीप ढकाल सुनको जलहरी राख्दैमा नबिग्रने बताउँछन् । "हामीले चाँदीको जलहरीलाई बिगारेर सुनको जलहरी राख्न खोजेका होइनौं," उनले भने, ‘‘त्यसैलाई मर्मत गरेर सुनको जलहरी राख्ने मात्रै हो । ऐनले सम्पदाको स्वरुप नबिगार्ने भनेको छ । शिवलिंगमा सुन पगाल्न लागेको होइन ।”
-फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC