काठमाडौं । प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले देशमा आगो लाग्ने स्थिति भएपछि प्रधानमन्त्री केपी शर्मा ओली डराएर नेतृ रामकुमारी झाँक्रीलाई पक्रिएको साँझमै छाडिदिएको बताएका छन् । तेह्रथुममा आयोजित एक कार्यक्रममा नेतृ झाँक्रीलाई पक्राउ गरेर ओलीले सबैको मुटु छामेको बताए ।
"देशमा आगो लाग्ने भएपछि थरथरी कामेर साँझै छोडिदिए । सबैको मुटु छामेको यो । रामकुमारीलाई समात्ने पहिले । अनि माधव नेपाललाई गिरफ्तार गर्ने । अनि पुष्पकमल दाहाललाई समात्ने योजना रहेछ," उनले भने ।
उनले पूर्वराजा ज्ञानेन्द्रको सातो लिएको बताउँदै ओली कहाँका हुन् ? भन्दै प्रश्न पनि गरे । आफू एमाले र ओली बिमाले भएको पनि उनले बताए । अध्यक्ष नेपालले ओलीलाई बैगुनीको संज्ञासमेत दिए ।
-फाइल तस्बिर