site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भोलिको प्रदर्शनमा सहभागी हुन देउवाको अपिल– संसद् विघटनविरुद्ध ऐक्यबद्धता जनाउनोस्
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् विघटनविरुद्धको कांग्रेसले सोमबार गर्ने प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् । देउवाले आज वक्तव्य जारी गरी प्रतिनिधिसभा विघटनको कदमविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गरेका हुन् ।

देउवाले वक्तव्यमा भनेका छन्, “केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिस्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध नेपाली कांग्रेसले भोलि फागुन ३ गते सोमबार देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन म सबैमा हार्दिक अपिल गर्दछु ।”

Prabhu Bank
Agni Group
NIC Asia

वक्तव्यमा संसद् विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेस एवं भातृसंस्था र शुभेच्छुक संस्थाले पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गतेको विरोध प्रदर्शन व्यापक सहभागितासाथ सम्पन्न भएको भन्दै देउवाले अब भोलिको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रूपले सफल बनाउन भनेका छन् ।

“संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावनाविपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमतका साथ आन्दोलनमा छ,” देउवाले भनेका छन्, “पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमकाविरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गर्दछु ।”

Global Ime bank

फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC