बाह्रखरी
sticky  ncell
coke
British college
coke
British college
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
शाहरूखको चलचित्रमा सलमान पनि रहने
NMB Bank
NMB Bank
बाह्रखरी - आईतबार, फागुन २, २०७७
Laxmi Bank
Laxmi Bank

मुम्बई । अभिनेता सलमान खानले आफू शाहरूखको चलचित्र ‘पठान’ मा देखिने खबर पुष्टि गरेका छन् । लामो समयदेखि यसबारे चर्चा चले पनि सलमान यसबारे बोलिरहेका थिएनन् । अन्ततः उनले शनिबार यो खबर सत्य भएको र आफू शाहरूखको चलचित्रमा केमियो भूमिकामा देखिन लागेको जानकारी दिएका हुन् ।

बिग बोसको १४ को शनिबारको विकेन्डका वार एपिसोडमा सलमानले यसबारे बताएका हुन् । यसको छायांकन सकिएलगत्तै पठानको छायांकनमा जाने तयारी पनि सलमानले सुनाए । “जीवन चलिरहन्छ, शो पनि चलिरहन्छ ! यो शो सकिएसँगै हामी पठानको काम सुरु गर्छौं, त्यसपछि टाइगर ३, अनि कभी इद कभी दिवाली । १८ महिनापछि बिग बोस १५ फेरि फर्कनेछ ।”

Global bank

Agani Group

सलमानले बिग बोस १५ सुरु हुने समयसम्ममा यी तीनैवटा चलचित्रको काम सक्नुपर्नेछ । पठानको एक्सन सिनका लागि सलमान यूएई जानेछन् । यो सिनमा सलमानलगायत शाहरूख, जोन अब्राहम र दीपिका पादुकोण पनि देखिनेछन् ।

त्यहाँ बुर्ज खलिफाको भित्र टपमा र त्यसको वरिपरि यी बलिउड स्टारहरू एकैसाथ देखिनेछन् । सलमानले पठानका लागि १२ दिन दिनेछन् ।

sarbottam cement

यसका साथै ‘पठान’ मा टाइगरका रुपमा स्पेसल इन्ट्रीको सिन पनि हुनेछ । यसका लागि सलमानलाई अग्रिम पारिश्रमिक दिइसकेको बलिउड हंगामाले उल्लेख गरेको छ ।
 

Nabil Bank
Nepal Investment bank
Nabil Bank
Nepal Investment bank
आईतबार, फागुन २, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्