देश
काठमाडौं । काठमाडौंमा दुईजना मृत अवस्थामा फेला परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका ६, मूलपानी लालीगुराँस टोलमा डेरा गरी बस्ने नुवाकोट दुप्चेश्वर नगरपालिका ४, घर भएका ३७ वर्षीय दीपेश लामा आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं महानगरपालिका ८, स्थित वाग्मती खोला किनारमा सोही महानगरपालिका ७, मैजुबहाल डेरा गरी बस्ने सिन्धुपाल्चोक हेलम्बुका ४५ वर्षीय रजुनमान श्रेष्ठ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
-प्रतीकात्मक तस्बिर
प्रकाशित मिति: आइतबार, फागुन २, २०७७ ११:५५
प्रतिक्रिया दिनुहोस्