site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मृत्युको मुखमा पुगेकी सुत्केरीले पाइन् नयाँ जीवन
Ghorahi CementGhorahi Cement

सन्तोष गौतम
म्याग्दी । माघ २९ गते बिहीबार राति ९ः२९ मा सुत्केरी भएकी म्याग्दीको धवलागिरि गाउँपालिका–५, मल्कवाङकी मनकुमारी विश्वकर्माको समयमै साल निस्किएन । चिकित्सकका अनुसार सामान्यतया बच्चा जन्मिएको १० देखि ३० मिनेटभित्र निस्कनुपर्छ । साल अड्किनुका साथै उनलाई रत्तस्राव पनि भइरहेको थियो । अड्किएको साल र रक्तस्रावले मनकुमारी विक्षिप्त थिइन् ।

२५ वर्षीया विक सुत्केरी भएको मल्कवाङ स्वास्थ्यचौकीबाट राति १ः०० बजे स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्साललाई समस्याको जानकारी भयो । लम्सालले तत्कालै मालिका गाउँपालिकाको केन्द्रमा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख चिकित्सक प्रशान्तसागर यादवलाई फोन गरेर मल्कवाङ जान आग्रह गरे । चिकित्सक र स्वास्थ्यकर्मी तयार भए । तर, राति भएकाले सवारी–साधन पाएनन् । केन्द्रमा सवारी–साधनको सुविधा छैन । धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले मालिकाका उपाध्यक्ष खरमाया बिटालुसँग समन्वय गरेर तत्कालै गाडीको व्यवस्थापन गरिदिइन् ।

बीच बाटोमा पर्ने मराङमा मर्मत भइरहेको सडक अवरुद्ध थियो । अध्यक्ष पुनले राति नै मराङका वडाध्यक्ष राजाराम सुवेदी र स्थानीय युवा ईश्वर सुवेदीलाई फोन गरेर राति नै सडक अवरोध हटाउन लगाइन् । मल्कवाङ स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले १०ः०० बजे नै सिफारिस गरे पनि मनकुमारीका श्रीमान् र परिवारका सदस्यले सामान्य रूपमा लिएर धामीझाँक्री गर्नतर्फ लागेका थिए । स्वास्थ्यचौकीका प्रमुख लेखनाथ गौतम र स्वास्थ्यकर्मी जगदेवी छन्त्यालले सम्झाइबुझाइ गरेपछि उनीहरु मनकुमारीलाई दरवाङ लैजान तयार भए ।

Agni Group

मनकुमारीलाई मल्कवाङबाट मराङ स्वास्थ्यचौकीमा ल्याउने र चिकित्सक पनि दरवाङबाट मराङ पुग्ने योजना बनाएर दुवै टोली गाडीमा हुइँकिए । बिहान साढे ४ बजे मराङ स्वास्थ्यचौकीमा मनकुमारी र दरवाङबाट गएको स्वास्थ्यकर्मीको टोलीको भेट भयो । ‘‘बाटोमा जहाँ भेट हुन्छ, त्यहीँ उपचार गर्ने योजनासहित औजार, उपकरण तयार पारेर हिँडेका थियौँ । हामीले भेट्दा उहाँको अवस्था ठिक थिएन,’’ चिकित्सक यादवले भने, ‘‘बिहान ५ः२७ मा अड्किएको साल निकालेर औषधि दिएपछि उहाँको स्वास्थ्यमा सुधार आयो ।’’

यादवको साथमा अनमी भीमा पुन, दीपा परियार र कार्यालय सहयोगी सम्मप्रसाद सुवेदीको टोली मनकुमारीको उपचारमा खटिएको थियो । शुक्रबार बिहान ७ः०० बजे मनकुमारीलाई दरवाङ ल्याइएको थियो । स्वास्थ्यमा सुधार आएपछि शुक्रबार साँझ नै सिफारिस गरिएको अहेव यमन नेपालीले बताए ।

Global Ime bank

आमा र बच्चाको अवस्था खतरामुक्त र सामान्य छ । मनकुमारीले नयाँ जीवन पाएको प्रतिक्रिया दिएकी छन् । ‘‘आठ घण्टासम्म छटपटी र पीडा भयो,’’ उनले भनिन्, ‘‘मैले नयाँ जीवन पाएको महसुस गरेकी छु ।’’ बिहीबार उनले जन्माएको बच्चा पाँचौँ सन्तान हुन् । यसअघि, उनले जन्माएका चारमध्ये दुई मात्र जीवित छन् । गत वर्ष प्रसूति केन्द्र स्थापना भए पनि त्यहाँ प्रसूति गराउने तालिमप्राप्त स्वास्थ्यकर्मी नभएका कारण अड्किएको साल निकाल्न नसकिएको हो । गर्भ रहेको नौ महिनामा उनले सामान्य हिसाबले नै बच्चा जन्माएकी थिइन् ।

साल ननिस्कने समस्यालाई चिकित्सकीय भाषामा ‘रिटेन्ड पेलेसेन्ट’ र रक्तस्रावलाई ‘पोस्ट पार्टयुम होमोरेन्ज’ भनिन्छ । अड्किएको सालले पाठेघरमा इन्फेक्सन गर्ने, रगत जम्ने, सास फेर्न गाह्रो हुने र अन्त्यमा ज्यानै जानसक्ने खतरा हुन्छ । जुन खतरापूर्ण अवस्थालाई मनकुमारीले जितेर नयाँ जीवन पाएकी हुन् ।

मल्कवाङ स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई प्रसूति तालिमको व्यवस्थाका साथै मातृशिशु स्वास्थ्यका विषयमा सचेतनामूलक कार्यक्रम चलाउने गाउँपालिकाका अध्यक्ष पुनले बताइन् । रासस

प्रतीकात्मक तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  १०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC