site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
महाअभियोग मुद्दा : बहुमत नपुगेपछि दोषमुक्त भए ट्रम्प 
Sarbottam CementSarbottam Cement

बीबीसी । गएको जनवरी ६ तारिखका दिन अमेरिकी संसद् भवनमा भएको हिंसात्मक आक्रमणका लागि जिम्मेवार ठहर्‍याइएका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध सिनेट ट्रायलमा आवश्यक बहुमत प्राप्त नपुगेपछि उनी फेरि पनि दोषमुक्त भएका छन् ।

ट्रम्पविरुद्ध महाअभियोगको पक्षमा ५७ सिनेटरहरुले मत हाले । जसमा सात रिपब्लिकन पनि रहेका थिए । तर, उनलाई आधिकारिक रूपमा दोषी ठहर गर्न ६७ मत आवश्यक थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तोमा ‘ट्रायल’ सकिएपछि आफ्नो बयानमा ट्रम्पले यो मुद्दालाई इतिहासकै सबैभन्दा ठूलो ‘विच हन्ट’को संज्ञा दिएका छन् । यो ट्रम्पविरुद्धको दोस्रो महाअभियोग मुद्दा थियो । यदि, यसमा उनी दोषी ठहर भएको भए उनले भविष्यमा कहिल्यै चुनाव लड्न पाउने थिएनन् ।

मतदानपछि वरिष्ठ रिपब्लिकन सिनेटर मिच मेककोनेलले क्यापिटल हिंसाका लागि ट्रम्प नै जिम्मेवार भएको र सो घटना ‘शर्मनाक रुपमा कर्तव्यको अवहेलना’ भएको बताए ।

Global Ime bank

उता, डेमोक्रेट्सहरुले पनि आफ्नो ट्रम्पलाई दोषमुक्त गराउनु खतरनाक हुनसक्ने चेतावनी दिएका छन् । यसअघि, ट्रम्प आफैँले पनि अहिलेसम्म कुनै राष्ट्रपति यस किसिमका घटनाबाट गुज्रिनु नपरेको तर यो अभियान अमेरिकालाई महान् बनाउने सुरुवात मात्र भएको बताएका थिए । जसले उनी फेरि चुनाव लड्न सक्ने संकेत दिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  ०७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC