site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
घरेलु मैदानमा लिभरपुलमाथि लेष्टरको जित 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रिमियर लिग फुटबलमा साविकको विजेता  लिभरपुल पराजित भएको छ  । लिभरपुलमाथि  लेष्टर सिटीले सादार जित निकालेको हो ।  शनिबार भएको खेलमा लेष्टर लिभरपुललाई ३-१ गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ  ।  घरेलु मैदानमा लेष्टरलाई जित दिलाउन जेम्स म्याडिसन, जेमी भर्डी र हार्भे बर्नेसले एक एक गोल गरे ।

लिभरपुलका मोहमद सलाहले एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा लेष्टरले ३ गोल गरेको हो । खेलको ६७ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ७९ औं मिनेटमा जेम्सले लेस्टरका लागि बराबरी गोल फर्काए । ८१ औं मिनेटमा भार्डीले गोल गर्दै लेष्टरलाई २-१ को अग्रता दिलाए ।

८५ औं मिनेटमा बर्नेसले गोल गर्दै लेष्टरलाई ३-१ को जित दिलाए । जितसँगै लेष्टर लिगको दोस्रो स्थानमा उक्लिएको छ  । लेष्टरले २४ खेलमा ४६ अंक जोडेको छ । लिभरपुल ४० अंक जोडेर चौथो स्थानमा छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १, २०७७  २०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC