site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘उपलब्धि रक्षाको निम्ति एक भएर प्रतिवाद गर्नुपर्छ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्षबाट प्राप्त उपलब्धि रक्षाको निम्ति एक भएर प्रतिवाद गर्नुपर्ने बताएका छन् ।

शनिबार पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईद्वारा लिखित पुस्तक ‘गुमनाम आमाहरुको कथा’को लोकार्पण कार्यक्रममा बोल्दै उनले संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धिमाथि हमला भएकोले उल्लेख गरे । यसको निम्ति मोर्चा खोलिसकिएको उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले नेपालको संविधान पूर्ण छ भनेर आफूले दाबी नगरेको भन्दै नेपालको संविधानले समावेशी लोकतन्त्रको सवालमा राम्रो व्यवस्था गरेको बताए ।

'विश्वास घात'
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान निर्माणताकाको संसद् विघटन गर्न नसकिने प्रावधानको सम्झौता तथा सहमतिमाथि विश्वास घात गरेको बताए ।

Global Ime bank

जनयुद्धको योगदानको सही मूल्यांकन गर्नुपर्नेमा जोड
नेता डा. भट्टराईले ‘जनयुद्ध’को जगमा आजको परिवर्तन आएकाले जनयुद्धलाई नकार्न नहुने बताए । जनयुद्ध केही पनि थिएन भन्ने इतिहास बनाउन लागिएको भन्दै उनले जनयुद्धको योगदानको सही मूल्यांकन गर्नुपर्नेमा जोड दिए ।

जसपाका नेता अशोक राईले विचार, सिद्धान्त, दर्शन र दृष्टिकोणको हिसाबबाट हेर्दा जनयुद्ध जारी रहेको आफ्नो ठम्याइरहेको बताए । बन्दुक पड्काउनुपर्ने स्थितिलाई शान्ति सम्झौताले पूर्णविराम लगाएको भए पनि वैचारिक, सैद्धान्तिक हिसाबको दुईखालको घर्षण हुनुले जनयुद्ध जारी राख्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १, २०७७  २०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC