site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै प्रदर्शन
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा शनिबार पनि प्रदर्शन गरिएको छ ।

आँखामा कालोपट्टी बाँधेर विरोध प्रदर्शनमा उत्रिएका युवतीहरुले बलात्कारी, हत्याराहरुलाई सार्वजनिक गर्न र पीडितलाई न्याय दिन माग गर्दै नाराबाजी गरे । उनीहरुले केही समय धर्नासमेत दिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सेतो लुगा लगाएर कपाल फिँजाएर ब्यानरसहित अग्रभागमा तीनजना महिलाले प्रतीकात्मक रूपमा विरोध प्रदर्शन गरेका थिए । उनीहरुको पछाडि मुखमा कालो टेप लगाएका युवतीहरु थिए । सोहीबीचमा आँखामा कालोपट्टी लगाएर युवतीहरुले महिला सुरक्षा, अपराधीलाई कारबाही र पीडितलाई न्याय दिन माग गरिरहेका थिए । उनीहरुले ‘तिम्रा कानुन चाहिँदैन, छोरी मार्न पाइँदैन’, ‘हत्यारालाई सार्वजनिक गर’जस्ता नाराबाजी गरेका थिए ।

मुलुकका विभिन्न स्थानमा बालिका बलात्कार र हत्यामा संलग्नको पहिचान र कारबाही नभएपछि त्यसको विरोधमा दोषीलाई कार्बाही, पीडितलाई न्याय र बालिका तथा महिला सुरक्षाको प्रत्याभूति गर्न माग गदै काठमाडौंमा केही दिनयता प्रदर्शन हुँदै आएको छ ।

Global Ime bank

तस्बिरः हरिशजंग क्षेत्री/बाह्रखरी ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १, २०७७  १४:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC