site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
महाकाली बाढीपीडितद्वारा आन्दोलनको चेतावनी
Sarbottam CementSarbottam Cement

काठमाडौं । महाकालीका बाढीपीडितले सरकारबाट क्षतिपूर्तिको आश्वासन मात्र भएको भन्दै आन्दोलनको चेतावनी दिएका छन् । राजधानीमा आज पत्रकार सम्मेलन गरेर उनीहरूले बाढीले आफूहरू घरबारविहीन हुँदा पनि सरकारले बेवास्ता गरेको भन्दै आन्दोलनको चेतावनी दिएका हुन् ।

२०७० असारको पहिलो साता महाकाली नदीमा आएको विनाशकारी बाढीका कारण दार्चुला सदरमुकाम खलंगालगायत क्षेत्रमा ठूलो धनजनको क्षति भएको थियो । सरकारले क्षतिपूर्तिको आश्वासन दिए पनि सहयोग नगरेको महाकाली बाढीपीडित विपत् व्यवस्थापन संघर्ष समितिले बताएको छ । संघर्ष समिति उपाध्यक्ष केशबहादुर पालले अब आफूहरूका सामु कि मर्ने कि संघर्ष गर्नेबाहेक विकल्प नभएको बताए । उनले भने, "हामी कि मर्नुपर्छ कि संघर्षमा जानुपर्छ ।"

Prabhu Bank
Agni Group
NIC Asia

संघर्ष समितिका सचिव रघुनाथ ठगुन्नाले लामो समय बितिसक्दा पनि सरकारको पक्षबाट भएको सम्झौता कार्यान्वयन हुन नसकेको बताए । उनले भने, "राहत लिन सिंहदरबारमा पहुँच हुनु पर्दोरहेछ ।" ठगुन्नाले सिंहदरबारभित्र पहुँच नहुँदा राहत नपाएको गुनासो गरे । "हाम्रो पक्षमा बोलिदिने मानिस भएनन्," उनले भने ।

उनीहरूले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ०७७ पुस ९ गते महाकाली बाढीपिडितका मागबारे ज्ञापनपत्र बुझाए पनि हालसम्म माग सम्बोधन नभएको बताए ।

Global Ime bank

समितिले तत्कालीन सहरी विकासमन्त्री छविराज पन्त, नेकपा माओवादीका नेता नेत्रविक्रम चन्द, नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका नेताहरू झलनाथ खनाल र माधव नेपाल, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेतालाई भेटेर बाढीपिडितको समस्या र माग राखेको जानकारी दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  २०:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC