बाह्रखरी
sticky  ncell
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
हिंसा, हत्या र दण्डहीनता अन्त्यको मागसहित राजधानीमा महिला मार्च (तस्बिरसहित)
बाह्रखरी - शुक्रबार, माघ ३०, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । बृहत् नागरिक आन्दोलनले सबै प्रकारका महिला हिंसा, हत्या र दण्डहीनताको अन्त्यको माग गर्दै काठमाडौंमा महिला मार्च निकालेको छ ।

वसन्तपुरबाट सुरु भएको महिला मार्च न्युरोड, रत्नपार्क, भद्रकाली हुँदै सिंहदरबार मूल गेटमा आएर समापन भएको थियो । महिला मार्चमा मैना सुनुवारदेखि निर्मला पन्तसम्म, अंगिरा पासीदेखि भागरथी भट्टसम्मको बलात्कारपछिको हत्या श्रृङ्खला सदाका लागि बन्द हुनुपर्ने, पीडितहरुले न्याय पाउनुपर्ने, अपराधी र बलात्कारीले उन्मुक्ति पाउन नहुनेलगायत नारा लगाइएको थियो । मार्चमा “बलात्कारी खुलेआम बलात्कृत गुमनाम, ए हजुर ! एउटा प्रश्न सोध्न पाइन्छ ? हामीले सास फेर्न कस्को सिफारिस चाहिन्छ ? घरभित्र लोग्नले कुट्छ घरबाहिर सत्ताले लुट्छ, बलात्कारको घटना दिनदिनै बढ्छ, गृहमन्त्री भन्छ नेपालमा कम छ, मैलिक हक हुँदै छ हनन् हरेक दिन नयाँ प्रतिगमन, हामी सडकबाट चुनौती दिन्छौंलगायत प्लेकार्डहरुसहित नाराबाजीसमेत गरिएको थियो ।

महिला मार्चमा जनता समाजवादी पार्टीकी नेतृ एवं पूर्वमन्त्री हिसिला यमी, राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी, पत्रकार नारायण वाग्ले, खगेन्द्र संग्रौलालगायत नागरिक समाज, युवायुवती, राजनीतिक दलका नेतृलगायतको सहभागिता थियो । वसन्तपुरबाट सुरु भएको महिला मार्चमा एक युवतीको शव बनाई कलाकारहरुले प्रतीकात्मक शव यात्रा नै गरेका थिए । असंवैधानिक कदमको दाहासंस्कार गरिएको भन्दै प्रतीकात्मक रुपमा शवयात्रा गरिएको आयोजकले जनाएका छन् ।

Rohto Landing

Agani Group

हातमा साङ्लो बाँधेर स्रष्टाको प्रदर्शन

त्यसैगरी सबै प्रकारका महिला हिंसा, हत्या र दण्डहीनताको अन्त्यका लागि केही समय मार्च पनि गरिएको थियो । मार्चमा सहभागी कलाकारहरुले महिलाविरुद्धको हत्या हिंसालगायत बारे प्रतीकात्मक नाटक प्रदर्शन गरेका थिए ।

महिला मार्चपछि आयोजिक सभालाई सम्बोधन गर्दै महिला अधिकारकर्मीहरुले दिनहुँ महिला एवं बालिकाहरु असुरक्षित रहँदा पनि सरकारले उनीहरुलाई न्याय दिन नसकेको भन्दै आक्रोश पोखेका थिए ।
No description available.

sarbottam cement

No description available.

No description available.

No description available.

No description available.
तस्बिरहरु : सुनील प्रधान/बाह्रखरी

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शुक्रबार, माघ ३०, २०७७ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्