site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने सूचीमा कसरी परे पत्रकार ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप लिने सूचीमा सरकारले सञ्चारकर्मीलाई समेटेसँगै काठमाडौं उपत्यकाका करिब ८० प्रतिशत सञ्चारकर्मीले खोप लगाएका छन् ।

यही माघ १४ गते सुरु भएको कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत माघ २६ गतेदेखि सञ्चारकर्मी र कूटनीतिक नियोगका कर्मचारीलाई समेत खोप दिन थालिएको थियो । तीन दिनको अवधिमा सञ्चारकर्मी र कूटनीतिक नियोगका कर्मचारी गरी तीन हजार १४३ जनाले खोप लगाएका छन् । यी दुई वर्गका लागि शुक्रबारसम्म काठमाडौं उपत्यकाबाट खोप दिइनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले खोपको पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शववहान तथा एम्बुलेन्स चालक, सफाइकर्मी, कैदीबन्दी र वृद्धाश्रमका कर्मचारीलाई राखेको थियो । पहिलो चरणमा चार लाख ३० हजार नागरिकलाई खोप दिने लक्ष्य भए पनि ११ दिनसम्म चलेको पहिलो चरणको लक्षित वर्गमध्ये एक लाख ८४ हजार ८५७ जनाले खोप लगाएका थिए ।

कसरी परे सञ्चारकर्मी प्राथमिकतामा ? 
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले भारत सरकारले अनुदानमा दिएको १० लाख डोज खोप पाउने वर्ग क्रमैसँग प्राथमिकीकरण गर्दै जाने घोषणा खोप ल्याएकै दिन गरेका थिए । लक्षित वर्गलाई दिएर बाँकी रहेको खोप अग्रपंक्तिमा खटिने पेसाकर्मीलाई दिने क्रममा सञ्चारकर्मी पनि प्राथमिकतामा परेका हुन् । प्रदेशस्तरमा लक्षित वर्गमध्ये अधिकतम ९० प्रतिशतले मात्रै खोप पाएका छन् । सरकारले प्राथमिकतामा राखेका वर्गलाई पूर्ण खोप दुवै डोज दिइसक्दा पनि झन्डै एक लाख ३० हजार डोज खोप बाँकी रहने भएपछि अन्य वर्गलाई दिन थालिएको हो ।

Global Ime bank

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘‘सरकारको प्राथमिकतामा अब ज्येष्ठ नागरिकलाई राखिएको थियो । तर, खोप लगाएका व्यक्तिहरुमा देखिएको सामान्य साइड इफेक्टले पनि ज्येष्ठ नागरिकलाई धेरै असर गर्ने देखियो । त्यही असरका कारण उनीहरुमा गम्भीर स्वास्थ्य समस्या देखिएमा त्यसको सन्देश नराम्रो जानसक्छ, यसले सरकारलाई पछिसम्मको खोप कार्यक्रममा असर गर्ने देखियो । अर्को कुरा, यो खोप सरकारले अबको दुई हप्ताभित्र सकिसक्नुपर्ने हुन्छ । किनकि, मार्चको पहिलो हप्ता कोभ्याक्सको खोप आइपुग्ने सम्भावना धेरै छ । त्यसमाथि अग्रपंक्तिमा खटिएका हिसाबले पनि सञ्चारकर्मीलाई खोप दिनु सबै हिसाबले उचित ठानेर यो निर्णय गरेका हौँ ।’’

दोस्रो चरणको खोप प्राथमिकतामा को–को ?
सरकारले कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियान फागुन २ देखि ८ गतेसम्म सञ्चालन गर्ने भएको छ । दोस्रो चरणको प्राथमिकतामा सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारीहरु, पत्रकारहरु, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरु, सीमा सुरक्षा पोस्टमा खटिएका सुरक्षाकर्मीहरु र पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीहरु, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शववहान चालकहरु, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुलाई राखिएको छ । दोस्रो चरणको खोप अभियान ७७ वटै जिल्लाबाट सुरु गरिनेछ । सबैले सम्बन्धित संस्थाको परिचयपत्रका आधारमा खोप सेवा लिन सक्ने मन्त्रालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  १६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC