site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोनाविरुद्धको खोप अभियान : अनलाइन दर्ता प्रणालीबाट पछि हट्यो सरकार
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप अभियानका लागि विद्युतीय प्रणाली इन्फर्मेसन म्यानेजमेन्ट युनिट (आईएमयू) प्रयोग गर्ने योजनाबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पछि हटेको छ ।

खोप लगाउने वर्गको नामावली तथा खोपपछिको विवरण अनलाइनमार्फत रेकर्ड राख्ने योजना लिएको मन्त्रालयले अब अनलाइन प्रणालीको प्रयोग नगर्ने भएको हो । खोप लगाउने सबै वर्गको अनलाइनको दर्ता प्रणालीमा पहुँच नहुने देखेपछि सरकार यो योजनाबाट पछि हटेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

स्वास्थ्य व्यवस्थापन तथा सूचना प्रणाली शाखासँग बिहीबारको अन्तिम छलफलपछि अबको अभियानका सबै प्रक्रिया लिखित माध्यमबाटै गरिने भएको छ ।

के थियो पहिलेको योजना ? 
कोभिड–१९ विरुद्धको खोप अभियान सुरु गर्नुभन्दा एक साताअघि खोप लगाउने सेवाग्राहीलाई दुई दिनभित्र विद्युतीय प्रणालीमार्फत विवरण दर्ता गराउन आह्वान गर्दै मन्त्रालयले सूचना जारी गरेको थियो । तोकिएको समयभित्र विवरण प्राप्त नभएमा खोप लिन समस्या हुने समेत मन्त्रालयले जनाएको थियो । सोही निर्णयानुसार आईएमयू समितिले काम अगाडि बढाएको थियो ।

Global Ime bank

खोप अभियान सुरु हुने दिनसम्म सबैको विवरण अनलाइन दर्ता नभइसकेकाले दोस्रो चरणमा मात्रै विद्युतीय प्रणाली प्रयोग गर्ने खोप सचिवालयले जनाएको थियो । तर, पहिलो चरणको खोप अभियान सकिइसक्दा पनि अनलाइन प्रणालीमा जान मन्त्रालयले तदारुकता देखाएन । खोप लिनेको विस्तृत विवरण राखिएन भने खोप लिनेलाई सामान्य ‘प्रिन्टेड कार्ड’ दिइयो ।

के–के थियो आईएमयू प्रणालीमा ? 
अनलाइन दर्ता प्रक्रियामा व्यक्तिको व्यक्तिगत र पेसागत विवरणसहित शारीरिक समस्या, दीर्घरोगसमेतको विवरण भर्न मिल्ने गरी कार्ड बनाइएको थियो । त्यसलाई क्यूआर कोडमार्फत रिड गर्न मिल्ने गरी विकास गरिएको थियो ।  आईएमयू समितिमा कार्यरत् एक वरिष्ठ प्राविधिक भन्छन्, “अनलाइन प्रणलीमार्फत खोप अभियान सञ्चालन गरेको भए छिटो त हुने थियो नै व्यक्तिको सही र विस्तृत विवरण संकलन गर्न सकिन्थ्यो । यसले कस्ता रोगीलाई खोप दिने या नदिने भन्नेबारे पनि यकिन गर्न सजिलो हुन्थ्यो र खोपको साइड इफेक्ट देखिइहाले त्यसको समाधानका लागि पनि सहज हुन्थ्यो ।’’

उनले अगाडि थपे, ‘‘हामीलाई यही कामका लागि डेढ महिनाअगाडिदेखि काम गर्न भनियो । तर, दुई लाख मानिसहरुको विवरण दर्ता गरिसकेपछि अहिले आएर अनलाइन प्रणाली प्रयोग नगर्ने भनियो । अनिवार्य अनलाइनमार्फत दर्ता गर्ने व्यवस्था मन्त्रालयले सुरुदेखि नै गरेको भए हाम्रो मिहिनेत खेर जाने थिएन, राज्यलाई नै फाइदा हुने थियो ।’’

उनका अनुसार अनलाइनमा दर्ता हुनेमा सफाइकर्मी र एम्बुलेन्स तथा शववहानका चालक छुटेका थिए । ‘‘यदि, सम्बन्धित पालिका वा स्वास्थ्य संस्थाले नेतृत्व लिएको भए उनीहरुलाई पनि समेट्न सम्भव हुन्थ्यो,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  १५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC