



काठमाडौं । पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार पोखरा रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै गण्डकी फाइनलमा प्रवेश गरेको हो । गण्डकीले एपीएफलाई २५–२१, २९–२७ र २५–१५ ले हरायो । जितसँगै ३ खेलबाट ६ अंक जोडेर गण्डकी फाइनल पुगेको हो ।
पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पराजित गण्डकीले दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबलाई हराएको थियो । एपीएफ भने प्रतियोगिताबाट बाहिरिएको छ ।






प्रतिक्रिया दिनुहोस्