site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हत्यारासम्म पुग्न प्रहरीले भेट्टायो ‘अँध्यारोमा जुनकिरीको उज्यालो’
Ghorahi CementGhorahi Cement

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा अभियुक्तसम्म पुग्न प्रहरी अनुसन्धान जारी छ ।

अनुसन्धान टोलीको अनुगमनका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी आफैँ खटिएका छन् । अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय बैतडीको विशेष टोली खटिएको छ । पोस्टमार्टम रिपोर्टबाट भागरथीको बलात्कारपछि हत्या भएको खुलेको छ । उनको घाँटी थिचेर हत्या गरिएको रिपोर्टमा उल्लेख छ ।

Agni Group

स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी अघिल्लो साताको बुधबार साँझसम्म विद्यालयबाट घर फर्किइनन् । उनी सोही बिहीबार बिहान कच्ची सडकको ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रहरीले भागरथीले प्रयोग गर्दै आएको मोबाइललगायत अन्य केही सामग्रीको फरेन्सिक ल्याबबाट अनुसन्धान गरिरहेको छ । हालसम्म पनि प्रहरीले अभियुक्तको पहिचान गर्न सकेको छैन । सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता मुकेश सिंह अनुसन्धान सकारात्मक दिशातर्फ अगाडि बढीरहेको बताउँछन् ।

Global Ime bank

प्रहरीले पछिल्ला दिनहरुमा भागरथीका साथीलगायतका अन्य शंकास्पदहरुसँग सोधपुछ गरिरहेको छ । घटनास्थलमा भागरथीको मोबाइल भेटिनुलाई प्रहरीले अनुसन्धानमा सघाउ पुग्ने सकारात्मक संकेत मानेको छ । प्रहरीले कल डिटेल, भागरथीको फेसबुकलगायतको पनि अनुसन्धान अघि बढाएको छ ।

एक उच्च प्रहरी अधिकारी भन्छन्, “अनुसन्धानमा केही प्रगति भएको छ । अँध्यारोमा ‘जुनकिरी’को उज्यालो भेट्टाएका छौँ । छिट्टै अभियुक्तसम्म पुग्छौँ भन्ने लागेको छ । तर, अनुसन्धानमा सफलता वा असफलता हतारोमा भन्न सकिँदैन ।”

प्रहरीले शंकास्पदहरुको ‘क्लोज रिङ’ बनाएको छ । विभिन्न तथ्य र सूचनाका आधारमा शंकास्पदहरुको ‘क्लोज रिङ’ बनाएको हो । घटनामा नजिककै व्यक्तिको संलग्नता हुनसक्ने प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

प्रहरीले उक्त बुधबार भागरथीलाई मोबाइलमा केही कल आएको भए पनि उनले ‘रिसिभ’ र ‘कलब्याक’ नगरेको पाइएको बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  १४:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC