site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रत्नपार्क, बालाजु र भगवानपाउमा वाटर एटीएम : २०० मिलिलिटरलाई १ रुपैयाँ !
Ghorahi CementGhorahi Cement

काठमाडौं । काठमाडौंको रत्नपार्क, बालाजु र स्वयम्भूस्थित भगवान पाउमा वाटर एटीएम स्थापना भएका छन् । उपभोक्तालाई स्वच्छ खानेपानीको सुविधा पुर्‍याउन खानेपानी तथा सरसफाइ मन्त्रालय, काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त प्रयासमा वाटर एटीएम स्थापना गरिएको हो ।

बिहीबार खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापाले वाटर एटीएमको उद्घाटन गरेका छन् । पहिलो चरणमा रत्नपार्क, बालाजु र स्वयम्भूको भगवान पाउमा स्थापना भएका वाटर एटीएम सञ्चालन आजैदेखि सञ्‍चालनमा आएका छन् । वाटर एटीएमबाट उपलब्ध हुने प्रति दुई सय मिलिमिटर पानीका लागि उपभोक्ताले एक रुपैयाँ तिर्नुपर्नेछ भने एक लिटर पानी लिन पाँच रुपैयाँ तिर्नुपपर्नेछ ।

Agni Group

वाटर एटीएमलाई तीन महिनासम्म सप्लायर्स कम्पनीले नै सञ्‍चालन गर्ने र तीन महिनापछि बोर्डलाई हस्तान्तरण गरिने बताइएको छ । एटीएममा जाडोमा तातो र गर्मीमा चिसो पानी उपलब्ध गराउने प्रणाली जडान गरिएको छ ।

एटीएमबाट पानी लिनका लागि उपभोक्ताले एक रुपैयाँका सिक्का प्रयोग गर्नुपर्नेछ । काठमाडौं उपत्यका खानेपानी बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम रानाका अनुसार तीन साताभित्र विभिन्न १५ वटा स्थानमा यस्ता एटीएम जडान गरिने छन् ।

Global Ime bank

काठमाडौंमा पिउने पानीको समस्या भइरहेका बेला सार्वजनिक स्थानमा राखिने वाटर एटीएमले आमसर्वसाधरणलाई सुलभ मूल्यमा स्वच्छ पानी पिउन सक्ने सुविधा दिने काठमाडौं महानगरपालिकाको विश्वास छ ।

एक सातामा कलंकी, मालपोत, बानेश्वर, बंगलामुखी मन्दिर, कसुन्तीस्थित यातायात कार्यालय र शंखपार्क धुम्बराहीमा सञ्‍चालन गर्ने तयारी गरिएको छ । काठमाडौं ललितपुर र भक्तपुरका विभिन्न स्थानमा सञ्‍चालनमा ल्याइने वाटर एटीएमको लागत दुई करोड रुपैयाँ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC